अछाम - जिल्लाको प्राथमिक स्वास्थ्य केन्द्र चौरमाण्डौमा एक्सरे मेसिन जडान भएको छ। केन्द्रमा यसअघि एक्से–रे मेसिन थिएन।
राष्ट्रिय सभा सदस्य शेरबहादुर कुँवरले एक्सरे मेसिनको स्वीच थिचेर उद्घाटन गरेका हुन्।
एक्सरे मेसिनको उद्घाटनपछि कुवँरले चौरपाटी गाउँपालिकाका जनताले सामान्य एक्सरे परीक्षणका लागि अन्यन्त्र जानुपर्ने बाध्यता अब अन्त्य हुने बताए।
कुँवरले अन्य थप उपकरणका लागी आफुले केन्द्रमा समेत पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।
प्राथमिक स्वास्थ्य केन्द्र चौरमाण्डौलाई राष्टिय बिमा बोर्डले एक्सरे मेसिन उपलब्ध गराएको न्याय हेल्थ नेपालका स्वास्थ्य सेवा निर्देशक डाक्टर विकाश गौचनले बताए।
न्याय हेल्थ नेपाल र चौरपाटी गाँउपालिकाको संयुक्त व्यवस्थापनमा प्राथमिक स्वास्थ्य केन्द्र संचालन हुँदै आइरहेको छ।
स्वास्थ्य बिमामा आबद्ध भएका जनता र अन्य सेवाग्राहीका लागि अब उपचारमा सहजता आउने न्याय हेल्थ नेपालका स्वास्थ्य व्यवस्थापक हिम विश्वकर्माले बताए।