काठमाडौं- कंलकीस्थित नेपाल नेसनल अस्पतालले ‘बाथ रोग सेन्टर’ सुरु गरेको छ।
अस्पतालले देशभर बढ्दै गएकोे बाथ रोगलाई मध्यनजर गर्दै मंगलबार नेसनल सेन्टर फर रिउमेटिक डिजिज प्रालिको सहकार्यमा ‘बाथ रोग सेन्टर’ सुरु गरेको हो।
अस्पतालका मेडिकल डाइरेक्टर डा प्रकाश पौडेलले देशभर ३० लाखभन्दा बढी व्यक्ति बाथ रोगबाट पीडित भएको बताउँदै बाथका रोगीलाई सहज उपचार गराउन अस्पतालले बाथरोग सेन्टरको सुरु गरेको बताए।
वरिष्ठ बाथ रोग विशेषज्ञ डा विनित वैद्यले नेपालमा बर्सेनी बाथका बिरामी बढ्दै गएकाले यसको उपचारका लागि उक्त सेन्टर सुरु गरेको उल्लेख गरे।
पाँच वर्ष पहिला स्थापना भएको अस्पतालले केही महिनाअघि मात्र टेलिमेडिसिन सेवाको समेत शुभारम्भ गरेर दुर्गम क्षेत्रका बिरामीलाई सेवा प्रदान गर्दै आइरहेको छ।