काठमाडौं- कोरोना भाइरसबाट प्रभावित चीनको हुबेई प्रान्तका नेपालीलाई नेपाल ल्याउने तयारी गरिएको छ।
बेइजिङस्थित नेपाली दूतावासले शनिबार सूचना निकालेर हुवेईका नेपालीलाई नेपाल फर्काउन जहाज चार्टर भैरहेकोले तत्कालै फाराम भर्न आग्रह गरेको छ।
नेपाल आउन चाहने नेपालीहरूले चीनको स्थानीय समयअनुसार फेब्रुअरी २ तारिख बिहान ९ बजे अगावै फारम भरिसक्न समेत दूतावासले सूचनामा उल्लेख गरेको छ।
फाराम भरेका बाहेक अन्यलाई नेपाल नपठाउने भएकाले सबैलाई फारम भर्न दूतावासले आग्रह गरेको छ।
फारम भर्नेको संख्या हेरेर जहाज चार्टर गरी स्वदेश फर्काइने दूतावासले जारी गरेको सूचनामा उल्लेख छ।
हुवेईबाट नेपाल फर्कन चाहने नेपालीले तलको फारम डाउनलोड गरी दूतावासमा बुझाउनु पर्ने दूतावासले जानकारी गराएको छ।