काठमाडौं – कोरोना भाइरसको जोखिमलाई रोकथाम गर्न सरकारले सतर्कता बढाउनुपर्नेमा सासंदहरुले जोड दिएका छन्। राष्ट्रिय सभाको विशेष समयमा बोल्दै कांग्रेस सांसद उमेशजङ्ग रायमाझीले कोरोना भाइरसको जोखिम समयमै व्यवस्थापन गर्नुपर्ने बताए।
उनले भने, ‘चीनले समेत यो रोग कुन जनावरबाट सर्यो भनेर पत्ता लगाउन नसकेको अवस्थामा सरकारले यसलाई बेलैमा व्यवस्थित गर्नुपर्छ । भोलि नेपालमा देखियो भने यहाँ रहेको जनशक्तिले उपचार हुन नसक्ने अवस्था हुन सक्छ ।’
सामान्य सिटामोल समेत खान नपाएर मृत्यु हुने नेपालमा कोरोना भाइरस आए अवस्था के हुन्छ भन्दै उनले प्रश्न समेत गरे । कोरोना भाइरसको जोखिम नियन्त्रणका लागि सरकारले समयमै आवश्यक पहल गर्नुपर्ने उनले बताए ।