विराटनगर- विराटनगरस्थित नोबेल मेडिकल कलेजले २ अर्ब लगानीमा सुविधासम्पन्न कलेज भवन निर्माण गर्ने भएको छ। विद्यार्थीको पठन पाठनमा सहज बनाउन सुविधासम्पन्न भवन बनाउन लागेको कलेज प्रशासनले जनाएको छ।
मेडिकल शिक्षा अध्ययनका लागि आवश्यक पर्ने सम्पूर्ण सुविधा उपलब्ध हुने गरी नयाँ भवन बनाइन लागिएको नोबेलका सञ्चालक सुनिल शर्मा बताउँछन्। उनका अनुसार नयाँ भवनमा सुविधासम्मपन्न प्रयोगशाला, कक्षाकोठा हुनुका साथै नयाँ प्रविधिबाट पठन पाठन गर्न मिल्ने पुस्तकालय सहितको सुविधा हुने छ। नयाँ भवनमा एक हजार जना अट्ने अडिटोरियम हलसमेत हुने उनले जानकारी दिए।
नयाँ भवन निर्माणको काम दुई वर्षभित्रमा सक्ने लक्ष्य राखिएको सञ्चालक शर्माले जानकारी दिए। उनका अनुसार सुविधासम्पन्न नयाँ भवन ९ तलाको हुने छ।