काठमाडौं– तेश्रो नर्सेस एथलेटिक्स मिट–२०७६ शनिवार हुने भएको छ।
डा खगेन्द्र स्पोर्टस् फाउण्डेशन तथा ब्लु क्रस हस्पिटलको संयुक्त आयोजनमा हुन लागेको नर्सेस एथ्लेटि मिट–२०७६ मा ३२ अस्पतालका ४ सय १० जना नर्सहरुले सहभागीता जनाउने भएका छन्।
प्रतियोगितामा १०० मिटर, २०० मिटर, ४०० मिटर रिले रे र २ दशमलभ ५ मिटर रोड रेस गरेर ४ विधा रहेका छन्।
आयोजकका अनुसार प्रत्येक रेसको आफ्नै आफ्नै महत्व हुने छ। १००÷२०० मिटर दौड प्रतियोगिताले सहभागीता जनाउने नर्सहरुलाई आफ्नो पेशा प्रति केन्द्रित हुन मद्धत पुग्ने अपेक्षा गरिएको छ।
त्यस्तै ४०० मिटरको रिलेले सहभागीता जनाउने नर्सहरुलाई एक अर्कोसँग सहकार्य गरेर अगाडी बढ्न मद्धत पुगने अपेक्षा गरिएको छ। दुई दशमलव ५ किलोमिटर रोड रेसमा सहभागीता हुने नर्सहरुले जस्तो सुकै परिस्थीति आउँदा पनि त्यसको सामान गरेर अगाडी बढ्न मद्धत पुग्ने अपेक्षा आयोजकले गरेका छन् ।
नर्सेस एथलेटिक्स मिट–२०७६को मुख्य नारा ‘रन फर कमिटमेन्ट, रन फर विनर्स’ भन्ने रहेको छ।
कार्यक्रममा बोल्दै डा खगेन्द्र स्पोर्टस् फाउण्डेशनका अध्यक्ष डा खगेन्द्र श्रेष्ठले स्वास्थ्य जीवनको निम्ती खेलकुल पनि एक महत्वपूर्ण पाटो रुपमा रहेको बताए। उनले भने ‘दिनरात बिरामीको सेवामा खट्ने नर्सलाई मनोरञ्जनका कार्यक्रम आवश्यक छ।’
कार्यक्रममा प्रथम हुनेले १० हजार, दोस्रो हुनेले ७ हजार र तेस्रो हुने ५ हजारका दरले नगद पुरुस्कारका साथै सिल र मेडलहरु पाउने ब्लुक्रस अस्पतालका मेडिकल इन्चार्ज प्रज्वलमान श्रेष्ठले बताए।
पहिलो नर्सेस एथलेटिक्स मिट–२०७४मा ११ अस्पतालका ११० जना नर्सले सहभागीता जनाएका थिए भने दोस्रो नर्सेस एथलेटिक्स मिट –२०७५मा २६ अस्पतालका १७७ जना नर्सहरुले सहभागीता जनाएका थिए।