काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोगले लकडाउनको समयमा नियमित उपचारका लागि अस्पताल जाने बिरामी आधारभूत स्वास्थ्य उपचार पाउनबाट बन्चित भएको निष्कर्ष निकालेको छ।
आयोगले ‘कोभिड१९ र बन्दाबन्दीको अवधिमा मानव अधिकारको अवस्था’ बारे प्रारम्भिक अनुगमन प्रतिवेदन सार्वजनिक गर्दै नियमित स्वास्थ्य सेवा लागि अस्पताल जाने बिरामीहरु आधारभूत स्वास्थ्य उपचारको हकबाट बन्चित भएको उल्लेख गरेको छ।
आयोगले निजी अस्पतालहरुले बिरामीको उपचार नगर्दा बिरामीको मृत्यु भएको उल्लेख गर्र्दै अत्याधिक ज्वरोका बिरामीलाई स्वास्थ्य परीक्षण नगरी गेटबाटै फर्काइएको जनाएको छ।
आयोगले लकडाउनको अवधि बिरामीले नियमित उपचार सेवा, गर्भवति, दीर्घरोगीहरुले सेवा नपाएको, उपचारको अभावको नागरिक ज्यान गएको र उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीमाथि आक्रमण भएको, क्वारेन्टाइन र आइसोलेसनको नाजुक अवस्था, क्वारेन्टाइन महिला, गर्भवति र सुत्केरीका लागि उपयुक्त नभएको लगायतका विषय प्रतिवेदनमा समेटिएको छ।
आयोगले प्रतिवेदनमा लकडाउनको अवधिमा नागरिकको स्वास्थ्योपचारको अवस्था यस प्रकार छः
१. स्वास्थ्य मन्त्रालयले तोकेका कोरोना विशेष अस्पतालहरू पाँच प्रदेशमा सुरु गरी कोभिड १९ को परीक्षण प्रयोगशालाको कार्य सञ्चालनमा आएको छ। निजी अस्पतालहरू बन्द हुँदा नियमित रूपमा उपचारका लागि जाने बिरामीहरू समेत आधार भूत स्वास्थ्य उपचारको हकबाट वञ्चित हुनु परेको पाईयो।
२. निजी अस्पतालको असंवेदनशीलताका कारण स्वास्थ्य उपचारको अभावमा व्यक्तिको मृत्यु भएको, अत्याधिक ज्वरो आएका बिरामीलाई स्वास्थ्य परीक्षण नै नगरी अस्पतालको गेटबाटै फर्काइएको पाइयो। सबै प्रदेशमा एम्बुलेन्स चालकहरूलाई आवश्यक सुरक्षा सामग्री नहुँदा जोखिमयुक्त रूपमा कार्यगर्न बाध्य गराइएको पाइयो।
३. जिल्ला मकवानपुरको पालुङबाट पेट सुन्निएको अवस्थामा एम्बुलेन्समा काठमाडौँ आएका केदार गोपाली चिकित्सकले पिसाब र रगतको रिपोर्ट आएपछि मात्रै भर्ना लिने भनेपछि वीर अस्पतालको आँगनमै एक बिरामी अलपत्र परेको भन्ने विभिन्न सञ्चारमाध्यममा सूचना आएपछि आयोगले उपचारका लागि पहल गरेको थियो।
४. लकडाउनका कारण कतिपय मृगौलाका बिरामीहरूलाई नियमित डायलिसिस गर्नको लागि अस्पताल जानमा कठिनाई भएको पाइयो। यसै गरी दीर्घ रोगीहरूको नियमित सेवन गर्नुपर्ने औषधीको अभाव हुनुका साथै कतिपय निजी अस्पतालहरूले बिरामीको उपचार नगरेको भन्ने जनगुनासोलाई आयोगले तत्काल सम्बोधन गरेकोथियो। (बिस्तृत विवरण अनुसूची १ मा संलग्न गरिएको छ )
५. काठमाडौँको महाराजगञ्जस्थित त्रि.वि.वि. शिक्षण अस्पतालका चिकित्सकहरू शम्भु खनाल, तेजप्रकाश साह र विकास साह अस्पतालबाट डेरामा गइरहेको समयमा सुरक्षाकर्मीहरूबाट कुटपिट भएको भनिएको घटनाको आयोगले अनुगमन गरी तत्काल नेपाल सरकारलाई छानवीन गरी दोषीलाई कानुनी दायरामा ल्याउन निर्देशन दिएको थियो। नेपाल प्रहरीले छानबिन समिति गठन गरी छानविन कार्य अगाडि बढाएको जानकारी गराएको थियो। (बिस्तृत विवरण अनुसूची १ मा संलग्न गरिएको छ।) सुनसरी प्रहरीले धरानमा कार्यरत स्वास्थ्यकर्मीलाई कुटपिट गरेको घटनापछि धरान उपमहानगरपालिका भित्रका स्वास्थ्यकर्मीहरूले स्वास्थ्य संस्था बन्द गरेको पाइयो। (बिस्तृत विवरण अनुसूची १ मा संलग्न गरिएको छ )
६. नवलपरासी पश्चिम पृथ्वीचन्द्र जिल्ला अस्पताल परासीमा लकडाउनको अवधिमा ओपीडी सेवा बन्द हुँदा समस्या भएकोमा हाल सुचारु गरिएको हुनाले उपचार गराउन आउने बिरामीको सङ्ख्या बढ्न थालेको पाइयो। बिरामीको चाप बढे पनि ज्वरो र रुघाखोकीका बिरामी भने न्यून रहेको अस्पतालले जनाएको थियो।
७. खोटाङ जिल्लामा ब्लडप्रेसर, सुगर, युरिक एसिड, मुटुरोग, ग्यास्ट्रिक, अल्सर पिसाब पोल्ने लगायतका समस्या भएका बिरामी र नियमित औषधी सेवन गरिरहेका बिरामीलाई घरैमा लगेर निःशुल्क औषधी वितरण गर्ने तयारी भइरहेको तथा स्वास्थ्य चौकीहरूमा अरू बेलाभन्दा बढी बिरामी आउने भएकोले स्वास्थ्य सामाग्रीहरूको अभाव सिर्जना भएको पाइयो।
९. स्याङ्जा जिल्लामा आठ महिनादेखि तलब नपाएको भन्दै २०७७ वैशाख १० गते साँझबाट स्थानीय अस्पतालमा कार्यरत प्रबन्धक, डाक्टरसहित १६ जना कर्मचारीले संयुक्त विज्ञप्ति जारी गर्दै सम्झौतामा उल्लेख भए अनुसार तलब सेवा सुविधाको माग गर्दै तालाबन्दी गरेको पाइयो।
१०. जिल्ला मकवानपुर थाहा नगरपालिकाले बिरामीहरूलाई औषधी अभाव नहोस् भनेर घरमै पु¥याइदिने व्यवस्था बमोजिम त्यस क्षेत्रमा रहेका विभिन्न ‘कडा’ रोगका बिरामीका लागि आवश्यक औषधि किनेर घरघरमै पु¥याउने व्यवस्था मिलाएको पाइयो।
११. जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका स्थित कर्णाली प्रदेश अस्पतालमा टेलिमेडिसिन (दूर–चिकित्सा) सेवाको सुरुवात गरिएको थियो। दुर्गम भेगका नागरिकमा देखापरेका जटिल समस्याको पहिचान गरी विशेषज्ञ चिकित्सक मार्फत उपचारमा सहयोग पु¥याउन टेलिमेडिसिन सुरु गरिएको र कर्णालीका विभिन्न ठाउँमा रहेका बिरामीलाई प्रदेश अस्पतालका चिकित्सक वा स्वास्थ्यकर्मीले उपचारका लागि टेलिमेडिसिनमार्फत परामर्श दिएको पाइयो।
१२. नवजीवन अस्पताल धनगढी र पदमा अस्पताल, अत्तरियाले समन्वय गरी मातृशिशु कार्यक्रम सञ्चालन गरेपछि महिलाहरूको गर्भ जाँच र प्रसुतिको व्यवस्था गरिएको र अन्य रोगमा निजी अस्पतालहरू र मेडिकल स्टोरले औषधी वितरण र जाँच केही सहज बनाएको पाइयो।
१३. सुदूरपश्चिम प्रदेशका महेन्द्रनगर र धनगढीमा २ वटा कोरोना अस्पताल निर्माण अन्तिम चरणमा पुगेको पाइयो। यसै गरी सेती प्रादेशिक अस्पताल धनगढी, महाकाली अञ्चल अस्पताल महेन्द्रनगर, उपक्षेत्रीय अस्पताल, डडेल्धुरा, तथा ८ वटा जिल्ला अस्पतालहरू र प्रदेशका सबै ८८ वटा स्थानीय तहहरूका स्वास्थ्य चौंकीहरूमा २०७७ ज्ञण् राष्ट्रिय मानव अधिकार आयोग, नेपाल कोभिड १९ र बन्दाबन्दीको अवधिमा मानव अधिकारको अवस्था प्रारम्भिक अनुगमन प्रतिवेदन वैशाख ३० गतेबाट ओपिडी (बहिरङ्ग सेवा) सेवा सुरु भएको पाइयो।
१४. जिल्ला बाँकेको नरैनापुरमा सङ्क्रमणबाट मृत्यु भएका युवकको शव दाहसंस्कारका लागि स्थानीयवासीले स्थानीय बाटोघाटोबाट उक्त शव नै हिँडाउन नदिएको भन्ने दुःखद् समाचार सम्प्रेषण भएको पाइयो।
१५. गुल्मीका एक शिक्षकको सङ्क्रमणका कारण क्रिम्सन अस्पताल बुटवलमा मृत्यु भएकोमा स्थानीयवासीले घाटमा दाहसंस्कारमा अवरोध सिर्जना गरेका कारण सुरक्षाकर्मीले निजको शव नजिकैको जङ्गलमा लगी खाडल खनेर पुरेको थियो। मृत्युपछि हिन्दु परम्परा अनुसार शव जलाउनसमेत नपाइएको भनी आफन्तहरू दुखी भएको पाइयो।
क्वारेन्टिन, आइसोलेसनजस्ता उपायको व्यवस्थापन तथा कार्यान्वयनको अवस्था
१. कोभिड १९ को रोकथामको लागि मिति २०७६ चैत ११ गतेदेखि नेपाल सरकारले लकडाउनको घोषणा गरी विभिन्न स्थानमा रहेका विद्यालय तथा सामुदायिक भवनमा क्वारेन्टिाइन निर्माण गरी नागरिकहरूलाई कम्तीमा १४ दिनसम्म बस्नुपर्ने भन्ने व्यवस्था गरिए पनि लकडाउनको प्रभावकारी कार्यान्वयन भएको पाइएन। यस विषयमा राष्ट्रिय मानव अधिकार आयोगले सम्पूर्ण नागरिकलाई नेपाल सरकारले जारी गरेको लकडाउन पालना गर्न÷गराउन प्रेस विज्ञप्तिमार्फत अनुरोध गरेको पाइयो। (बिस्तृत विवरण अनुसुची १ मा संलग्न गरिएको छ।)
२ . कोभिड १९ को सङ्क्रमण फैलिन नदिन, कोही कसैको त्चबखभ िजष्कतयचथ विदेशको भएमा, शङ्कास्पद व्यक्तिहरूलाई राख्न सामुदायिक भवन, विद्यालयजस्ता स्थानमा क्वारेन्टीनको निर्माण गरी शङ्कास्पद व्यक्तिहरूलाई राखिएको पाइयो। यसैगरी बिरामीमा कोरोना भाइरसको लक्षण देखिएमा अथवा बिरामी परेमा आइसोलेशन वार्डमा राखी उपचार गरेको पाइयो।
३. विश्व स्वास्थ सङ्गठनको क्वारेन्टीन व्यवस्थापन मापदण्ड अनुसार क्वारेन्टिनमा उपयुक्त र पर्याप्त खाना, पानी र सरसफाइको प्रबन्ध हुनुपर्ने, सङ्क्रमण रोकथाम तथा नियन्त्रणका न्यूनत्तम उपायहरूको कार्यान्वयन गर्नुपर्ने, क्वारेन्टिनमा रहेका व्यक्तिहरूको स्वास्थ्य अवस्थाको अनुगमन तथा न्यूनत्तम आवश्यकता पूर्तिको सुनिश्चितता गर्नुपर्ने, क्वारेन्टिनमा रहेका व्यक्तिहरूलाई सम्भव भएसम्म पर्याप्त रूपमा हावा ओहोरदोहोर गर्न सक्ने खालको एकल कोठा उपलब्ध गराउनुपर्नेमा सो नभएको तथ्यहरू प्राप्त भएका थिए। (बिस्तृत विवरण अनुसूची १ मा संलग्न गरिएको छ )
४. क्वारेन्टीनमा रहेका व्यक्तिहरू बिचमा समेत शारीरिक दूरी कायम हुनुपर्ने, क्वारेन्टीनमा रहेका व्यक्तिहरूलाई क्वारेन्टीन बाहिर रहेका परिवारका सदस्यहरूसँग कुराकानी र सञ्चार गर्ने प्रबन्ध मिलाउनु पर्ने, यथासम्भव इन्टरनेट, समाचार तथा मनोरञ्जनको व्यवस्था मिलाउनुपर्ने, मनोसामाजिक सहायता उपलव्ध गराउनु पर्नेमा सो को पर्याप्त व्यवस्था भएको पाइएन। यद्यपि कुनै कुनै क्वारेन्टीनमा भने योग तथा मनोसामाजिक सेवा समेत उपलब्ध गराएको पाइयो।
५. क्वारेन्टीनहरू महिला, बालबालिका, गर्भवती, सुत्केरी, अपाङ्गता भएका व्यक्ति तथा जेष्ठ नागरिकलाई विशेष ध्यान दिनुपर्नेलगायतका व्यवस्था हुनुपर्नेमा महिला, बालबालिका तथा अपाङ्गमैत्री भएको पाइएन।
६. मापदण्ड अनुरूप क्वारेन्टीनहरूमा पर्याप्त पोषणयुक्त खाना, पिउने पानी, शौचालय, उचित बसोबास, स्वास्थ्य हेरचाहजस्ता न्यूनत्तम आवश्यकताहरू समेतको उचित व्यवस्थापन हुन नसक्दा व्यक्तिका आधारभूत मानव अधिकार सङ्कुचनमा परेको पाइयो।
७. क्वारेन्टीनहरू व्यवस्थित हुन नसक्दा सम्भावित सङ्क्रमितहरू क्वारेन्टीनमा बस्न नचाहने र बसिरहेकाहरू पनि सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको आँखा छली उम्किने, भाग्ने गरेको पाइएकोले समाजमा सङ्क्रामक रोग अझ बढी फैलिन सक्ने सम्भावना देखियो।
८. हावाहुरीले मोरङ जिल्लाको मिक्लाजुङ गाउँपालिका ४ हात्तीमारास्थित सेनाको सूर्यदल गणमा राखिएको क्वारेन्टीनमा बनाइएका ४० वटा पाल उडाएर क्षति पुगेको पाइयो। हुरीका कारण बिजुली र इन्टरनेट अवरुद्ध भएको र खानेपानीका फिल्टर हरूसमेत क्षतिग्रस्त भएको पाइयो।
९. प्रदेश नं २ मा रहेको नारायणी अस्पतालको आइसोलेशनको क्षमता ७० जनाको मात्र रहेकोमा बिरामीको सङ्ख्यामा अत्याधिक वृद्धि भएकोले समस्या सिर्जना भएको भन्ने अनुगमन टोलीले जानकारी प्राप्त गरेको थियो।
१०. २०७७ जेठ ५ गते बाँकेको नरैनापुर गाउँपालिकामा कोभिड १९ बाट प्रभावितहरूको अवस्था अनुगमन गर्दा सङ्क्रमितको संङ्ख्या ५५ जना पुगिसकेको, भारतसँगको खुला सीमा नाकाबाट हालसम्म पनि मानिस आउने क्रम जारीरहेको र आएका केही व्यक्तिहरू पनि लुकिछिपी बसेको, नरैनापुर क्षेत्रमा १३ स्थानमा सात महिलासहित ७४१ जना व्यक्तिहरूलाई विभिन्न क्वारेन्टीनमा राखिएको, क्वारेन्टीन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड २०७६ अनुसारको मापदण्ड पूरा नभएको, क्वारेन्टीनमा राखिएका ब्यक्तिहरूले पालना गर्नुपर्ने आचारसंहिता, जस्तैः दुरी बनाएर बस्नुपर्ने, बाहिरका ब्यक्तिहरूसँग सम्पर्क नगर्ने, तोकिएको स्थानमा बस्नुपर्ने लगायतका नियमहरू पालना नभएको, क्वारेन्टीनमा बसेकाहरू साँझको बेला शौचालय जाने बहानामा सो स्थानबाट निस्की आफूखुसी रातभर घर गई बस्ने गरेको, क्वारेन्टीनमा मापदण्ड विपरीत एकै कोठामा धेरै व्यक्तिहरू रहेको पाइयो।
१०. नरैनापुर गाउँपालिकामा रहेका आइसोलेन र क्वारेन्टीनमा क्षमताभन्दा बढी सङ्ख्यामा मानिसहरू राख्नुपर्ने अवस्था भएकोले न्यूनत्तम आवश्यकताअनुसार व्यवस्थित गर्न आवश्यक भौतिक पूर्वाधार र आर्थिक समस्या भएको गाउँपालिकाका अध्यक्षबाट जानकारी पाइयो।
११. इलाका प्रहरी कार्यालय भगवानपुर प्रहरी निरीक्षक मानबहादुर जिसी र स्थानीयवासीका अनुसार समयमै उपचार गर्न अस्पताल लान नसकेको कारण कोरोना लागेका बिरामी नरैनापुर ५ नयाँबस्तीका २५ वर्षीय व्यक्तिको मृत्यु भएको जानकारी पाइयो। निजको मृत्यु भएको कागजको मुचुल्कामा स्थानीय जनप्रतिनिधिहरूले सनाखत गर्न नमानेकोले जिल्ला समन्वय समितिका प्रमुख अजय श्रीवास्तवले सनाखत गर्नुभएको र मृतकको लासलाई स्काभेटरले खाल्टो खनेर स्काभेटरमै लगी दाहसंस्कार गरिएको जानकारी प्राप्त भयो।
१२. सुनसरी जिल्लाको विभिन्न मस्जिदमा रहेका व्यक्तिहरूलाई क्वारेन्टीनमा राख्ने कार्यका थालनी गरिएको, सुनसरी जिल्लामा ८१ वटा मस्जिद रहेको र भारतसँग खुला सीमा रहँदा जोखिम बढी भएको देखियो। मस्जिदहरूमा स्वास्थ्य प्रोटोकल अनुसारको समाजिक दूरीसमेत कायम नहुँदा खाली गरिएको र मस्जिदमा रहेकोहरूको आरडिटी परीक्षण नेगेटिभ भए पनि क्वारेन्टीनमा राखिएको थियो।
१३. विभिन्न जिल्लाहरूमा मस्जिदमा रहेका जमाती एवम् अधिकांश मुश्लिम धर्मावलम्बीमा कोरोना भाइरसको सङ्क्रमण पाइएकोले राष्ट्रिय मुस्लिम आयोगका अध्यक्षबाट पटक– पटक आ आफ्नो घरमा सामाजिक दुरी कायम गरेर नवाज पढ्दै मुश्लिमहरूको महान् चाड इद् मनाउन आह्वान भएको थियो।