स्वर्गीय विश्वेश्वर प्रसाद कोइरालाको चिरपर्यन्त स्मृति कायम राख्न क्यान्सर रोग सम्बन्धी उच्चस्तरीय अध्ययन र अनुसन्धानको लागि आवश्यक जनशक्ति तयार गरी यस क्षेत्रलाई आत्मनिर्भर बनाई क्यान्सर रोगबाट ग्रसित व्यक्तिको रोगको निदान र उपचारको लागि आवश्यक उच्चस्तरीय स्वास्थ्य सेवा प्रदान गरी उनीहरूलाई मानवोचित जीवनयापन गर्न सक्षम तुल्याउन एउटा क्यान्सर अस्पतालको स्थापना र संचालन गर्न वाञ्छनीय भएकोले,
श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवको शासनकालको पच्चीसौं वर्षमा संसदले यो ऐन बनाएको हो। यो ऐन २०५३ फागुन १५ गते लालमोहर र प्रकाशन भएको हो। त्यसयता तीन पटक संशोधन भएको छ। पछिल्लो पटक २०६६ माघ ७ गते संशोधन भएको छ।
यस्तो छ वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल ऐन, २०५३