काठमाडौं- कोरोना महामारी सुरु भएदेखि नै गर्भवती महिलाहरूमा यसले पार्ने असरबारे होसियारीसाथ ध्यान दिइएको छ।
कुनैपनि नयाँ संक्रामक रोग लागेमा गर्भवती महिला र उनमा भएको भ्रुणलाई असर गर्न सक्छ भन्ने विश्वासका कारण महिलालाई संक्रामक रोगबाट सुरक्षित राख्न खोप वा औषधीको प्रयोगबारे अध्ययन गरिएको र १८ महिनाको अनुसन्धानपछि डाक्टर तथा अनुसन्धानकर्ताहरूले यसको खतराबारे सान्दर्भिक व्याख्या गरेका छन्।
कोरोना संक्रमण गराउने सार्स–कोभ–२ का कारण संक्रमित अधिकांश गर्भवती महिलामा जटिल समस्या भएको अनुभव नगरिएको अध्ययनले देखाएको छ। यद्यपि कोरोना भाइरसले हल्का वा कुनै लक्षण नदेखिने समस्या गर्भवती महिलामा भेटिएको निचोड अनुसन्धानले निकालेको छ।
अध्ययनले अन्य व्यक्तिजस्तै केही गर्भवती महिलाले कोभिडको गम्भीर समस्या भने अनुभव गरेको पाइएको छ। आमाबाट यो भाइरस गर्भमा रहेको भ्रुणमा पास गर्ने सम्भावना पनि निकै दुर्लभ भेटिएको उक्त अध्ययनले देखाएको छ।
तथापि, कोभिड भएका केही गर्भवती महिलाहरू भने कोभिडको संक्रमणपछि असाध्यै अस्वस्थ भएको पाइएको छ। यस्तो अवस्थामा उनीबाट जन्मने बच्चा अपाङ्ग हुने वा मृत जन्मिने खतरा बढ्छ। सामान्य अवस्थामा जस्तै मोटो वा अश्वेत वा एसियाली गर्भवती महिलाहरूलाई पनि गम्भीर कोभिड हुने सम्भावना बढी हुन्छ।
यी खराब नतिजाहरू सायद सार्स–कोभ–२ ले प्लासेन्टामा पार्ने असरसित सम्बन्धित छन्। यो पाठेघरको भित्री संरचना हो, जसले आमाबाट भ्रुणमा अक्सिजन र पोषक तत्वहरू पु¥याउँछ र अर्को दिशामा फोहोर उत्पादन हटाउँछ। तर, प्लासेन्टामा हुने असरले महिला कति अस्वस्थ बन्ने भन्ने निर्धारण भने गर्दैन। त्यसैले सबै गर्भवती महिलालाई संक्रमण हुनबाट जोगाउनु महत्वपूर्ण मानिन्छ।
सन् २०२१ को जुलाईपछि बेलायतमा हरेक पाँच कोभिड सङ्क्रमित विरामी, जो गम्भीर विरामी भएपछि भेन्टिलेटरको सहयतासमेत लिनुप¥यो, मध्ये एक विरामी गर्भवती रहेको भेटिएको छ।
यसको अर्थ, यस अवधिमा १६ देखि ४९ वर्षका (प्रजनन उमेरका) गहन उपचारमा लागेका एक तिहाइ महिलाहरू गर्भवती थिए। यी महिलाहरूलाई खोप लगाइएन, जसले गर्दा तिनीहरूले यति धेरै गम्भीर घटनाहरू ब्यहोर्नुपरेको अनुसन्धानले बताएको छ।
यी महिला बेलायतमा खोप कार्यक्रम सुरु हुँदा धेरैजसो गर्भवती भइसकेका थिए र खोप लिएका थिएनन्, किनकि त्यसो गर्ने कुनै स्पष्ट सिफारिस गरिएको थिएन।
अहिलेसम्म, चिकित्सकीय तवरमा असुरक्षित गर्भवती महिलाहरूलाई मात्र कोभिड खोप लगाउने सुझाव दिइयो तथापि, हालै त्यो सल्लाहमा परिवर्तन आयो। गर्भावस्थाको बेला कोभिडको खतरा अझ स्पष्ट हुँदै गएकोले, गर्भवती महिलाहरूलाई गम्भीर कोभिडप्रति बढी खोप लगाउने र गर्भावस्थाको लागि हानिकारक खोप हुने कुनै संकेत नभएकोले सरकार र रोयल कलेज अफ प्रसूति विशेषज्ञ तथा स्त्रीरोग विशेषज्ञहरूले अहिले सबै गर्भवती महिलाहरूलाई कोभिडको लागि खोप लगाउन सल्लाह दिइरहेका छन्।
साधारणतया, कोभिड खोप लगाएको व्यक्तिलाई सार्स–कोभ–२ भाइरस संक्रमण हुने सम्भावना कम रहेको र संक्रमण हुँदासमेत गम्भीर कोभिड विकास हुनदेखि अत्यन्तै सुरक्षित रहेको पाइएको छ सर्भेक्षणले देखाएको छ।
अमेरिका र बेलायतमा गरिएको अनुसन्धनात्मक अध्ययनले देखाएअनुसार मोडर्ना र फाइजरद्वारा विकसित एमआरएनए कोभिड खोपहरू पनि गर्भावस्थामा प्रभावकारी देखिए। यसमा कुनै सुरक्षाको चिन्ता रहँदैन बरू गर्भावस्थामा खोप लगाउँदा सार्स–कोभ–२ को संक्रमणको जोखिम कम हुन्छ। क्यानाडाको ओन्टारियोमा गरिएको अर्को एक अनुसन्धनात्मक तथ्यांकले देखाएअनुसार कोभिड खोपले गर्दा गर्भ तुहुने खतरा बढी भएको कुनै प्रमाण नपाइएको भेटिएको छ।
उनीहरूले गर्भवती महिलाहरूमा हुने खोपका दुष्प्रभावहरूबारे पनि तोकेरै अनुसन्धान गरेका छन्। अध्ययनहरूले देखाएअनुसार खोप पछि छालाको सतहमा रातोपना देखिने, ज्वरो र गम्भीर थकानको दर गर्भवती तथा गैर–गर्भवती महिलाहरूमा तुलना गर्न सकिन्छ र वास्तवमा गर्भवती महिलाहरूमा मांसपेशी दुख्ने, जोर्नीको कडापन र टाउको दुख्ने समस्या कम हुन्छ।
यी दुष्प्रभावहरूको दर गर्भावस्थाको तीन महिनापछिको समयमा खोप लगाएका महिलाहरूमा कम भेटिएको बताइएको छ। सार्स–कोभ–२ संक्रमणबाट खोप नलगाएका आमा र बच्चाको जोखिम कुनै पनि सम्भावित खोपको असरको जोखिमभन्दा निकै बढी हुन्छ। कसै–कसैले खोपले बच्चालाई दीर्घकालीन असर गर्छ भन्ने कुरा हामीलाई थाह छैन भन्ने तर्क गरे तापनि खोकी र इन्फ्लुएन्जाको लागि दिइने अन्य खोपहरू नियमित रूपमा गर्भवती महिलालाई दिइन्छ। यसबाट पनि हामी आत्मविश्वासका साथ केही तार्किक धारणाहरू बनाउन सक्छौं।
एमआरएनए कोभिड खोप जस्तै यी खोपहरूले प्लेसेन्टा पार गर्दैनन्, जसले बच्चामा प्रभाब पर्ने खतरालाई कम गर्छ। गर्भावस्थामा नियमित रूपमा दिइने यी अन्य खोपहरूले बच्चालाई कुनै प्रतिकूल असर नपार्ने भएकोले कोभिड खोपले पनि असर गर्छ भन्ने सुझाव दिने कुनै कारण छैन।