सन् २००४ मा काठमाडौंको चावहिलस्थित ॐ हस्पिटल निकै चर्चामा रह्यो । त्यसको कारण थियो, हस्पिटलले इनभिट्रो फर्टिलाइजेशन (आइभिएफ) पद्दतिद्वारा बच्चालाई जन्म दिएको घटना । गर्भाधान हुन नसकी सन्तानसुखबाट वञ्चित रहेका दम्पत्तिहरूका लागि खुशीको समाचार बोकेर आएको त्यो घटनापछि ॐ हस्पिटलको लोकप्रियता शिखरमा पुग्यो । २००४ को जुलाईमा आइभिएफ सेन्टर सुरु भएयता अस्पतालले ४ सय दम्पत्तिलाई सन्तान सुख दिइसकेको छ । सेन्टरको सफलताको प्रतिशतका कारण नेपालमा मात्र होइन, अन्तर्राष्ट्रिय क्षेत्रमै ख्याति प्राप्त गरिसकेको छ ।
नेपालको निजी क्षेत्रकै अग्रणी स्वास्थ्य संस्थाको रुपमा रहेको ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिले सन् १९९० मा ॐ नर्सिङ्ग होमको नाम सेवा सुरु गरेको थियो । त्यसपछि विसं २०५२ सालमा कम्पनी रजिष्ट्रारको कार्यालयमा र २०५३ मा उद्योग विभागमा दर्ता भई स्थापना र सञ्चालन हुँदैं आएको छ । प्रतिष्ठित स्वास्थ्यकर्मीको लगनशिलता र लगानीमा स्थापित अस्पतालमा हाल २०० शैया क्षमताको रहेको छ । अस्पतालले निदानात्मक, उपचारात्मक तथा विभिन्न स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आएको छ । अस्पतालमा एउटै छानामुनी सबै प्रकारका स्वास्थ्य सेवा प्रदान हुने भएकाले बिरामीको समय खेर नजाने र विश्वसनीयतामा अभिवृद्धि हुनुका साथै स्तरीय स्वास्थ्य उपचारमा टेवा पुगेको छ ।
करिब १९ रोपनी जग्गा र एकलाख वर्गफिटको मुख्य भवनबाट सम्पूर्ण स्वास्थ्य सेवा प्रदान गर्दै आएको अस्पतालमा ६२ वरिष्ठ चिकित्सकले सेवा दिँदैं आएका छन् । विशेषगरी, स्त्री रोग, क्यान्सर र मेडिकल तथा सर्जरीका बिरामीको रेफरल सेन्टरका रुपमा रहेको अस्पतालमा नेपालका विभिन्न भागका साथै छिमेकी मुलुक भारतबाटसमेत बिरामीहरू उपचारका लागि आउने गरेका छन् । अस्पतालले स्वास्थ्य क्षेत्रमै ऐतिहासिक रुपमा गणना गर्न सकिने गरी बच्चा जन्मनुपर्ने अवधिभन्दा ३ महिनापहिले ८४० ग्राम मात्रका शिशुलाई सघन उपचार कक्षमा राखी २ महिनाको उपचारपछि स्वस्थ रुपमा घर पठाइएको छ । अस्पतालले २०७० सालमा बहिरंग सेवामा एक लाख ६१ हजार सात सय ४९ बिरामीलाई सेवा दिएको थियो भने सोहीवर्ष ठुला, साना र मध्यम गरी १३ हजार दुई सय १० वटा शल्यक्रिया गरेको थियो ।
उद्धेश्य
स्वास्थ्य सेवाको स्तर अभिवृद्धि गर्ने, नेपाल सरकारकोे स्वास्थ्य नीतिमा टेवा पु¥याउने, उचित मूल्यमा सर्वसाधारणको पहुँचमा स्वास्थ्य सेवा प्रदान गर्ने, बिरामीको उचित हेरचाह गर्ने, स्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने र परिमाणमुलक स्वास्थ्य सेवा दिने अस्पतालको मुख्य उद्देश्य रहेको छ ।
अस्पतालमा उपलब्ध सेवा
अस्पतलामा २४ सै घण्टा आकस्मिक उपचार सेवा उपलब्ध छ । यसबाहेक एम्बुलेन्स सेवा, इन्टरनेशनल क्लिनिक, सर्जिकल आइसियु, क्लिनिक, पूर्ण क्षमता सञ्चालन हुने र विश्वस्तरीय भिटेरोस र इसिआइ सिस्टमसहितको प्याथोलोजी, ६४ स्लाइसको सिटी स्क्यान, सिआर एक्स–रे, स्लीप स्टडी ल्याब÷पोलिसोम्नोग्राफी, युएसजी, इसिजी, इइजी, कोलोनोस्कोपी, इण्डोस्कोपी, ब्रोङकोस्कोपी, ब्राकीथेरापी, अपोलो क्लिनिक तथा टेलिमेडिसिन सेवाहरू रहेका छन् ।
अस्पतालमा कुनै पनि प्रकारको ठुला शल्यक्रिया गर्न सकिने आधुनिक उपकरणसहितका ५ वटा मेजर अपरेशन थिएटर छन् भने सानातिना शल्यक्रिया गर्न विभिन्न ठाउँमा माइनर अपरेशन थिएटर छन् । यस्तै, प्रि लेवर रुम, लेवर रुम, पोस्ट अपरेटिभ रुम, अब्जरभेसन रुम, आईसियु। सिसियु, नर्सरी रुम, एनआईसियू, वातानूकुलित सुइट रुम तथा डिलक्स रुम, एटेच्ड बाथरुमसहितको सिंगल, डबल तथा जनरल वेडरुमहरू रहेका छन्।
उपचारात्मक सेवा
अस्पतालले आफ्नो उपचारात्मक सेवाअन्तर्गत स्त्री रोग, इन्टरनल मेडिसिन, मुटुरोग, ग्यास्ट्रोइन्टेरोलोजी, नसा तथा मगजसम्बन्धी रोग, नेफ्रोलोजी, मानसीक रोग, अर्बुद रोग (क्यान्सर), शिशुसम्बन्धी रोग, शल्य क्रिया, प्लाष्टीक सर्जरी, हाड, जोर्नी सर्जरी, नसा तथा मगज सम्बन्धी रोगमा सेवा दिँदैं आएको छ । यस्तै, बाल रोग सर्जरी, यूरोलोजी (पि सि एन एल), लिथोट्रिप्सी, टियूआरपि, ग्यास्ट्रोइन्टेस्टाइनल सर्जरी, नाक, कान, घाँटी, आँखा, चर्मरोग, दन्त चिकित्सा, लेप्रोस्कोपिक सर्जरी र फिजियोथेरापी सेवा दिइन्छ ।
विशेष सेवा
अस्पतालका विशेष सेवामा आईभिएफ (इनभिट्रो फर्टिलाइजेशन) सेन्टर र ॐ क्यान्सर क्योर सेन्टर रहेका छन् । सन्तान हुन नसकेको दम्पत्तिलाई सन्तान सुख दिलाउन सफल रहेको छ । ॐ क्यान्सर क्योर सेन्टरले केमोथेरापी र ब्राखीथेरापी सहितको अर्बुद रोगसम्बन्धी सेवा दिने गरेको छ । यो सेन्टर निजी क्षेत्रमा स्थापित अर्बुद रोगसम्बन्धी विशेष सेवा दिइने ३० वेड सहितको ठुलो सेन्टर हो । हरेक प्रकारका अर्बुद रोगसम्बन्धी डायग्नोसीस र उपचार गरिन्छ । यस केन्द्रमा अर्बुद रोगसम्बन्धी उपचार सेवा, शल्यक्रिया, रेडियसन आदि सेवा उपलब्ध छन् ।
विशेष ब्यवस्था
अस्पतालमा बिरामीको दर्ता, भर्ना तथा डिस्चार्जलगायतका सम्पूर्ण क्रियाकलाप कम्प्युटर प्रणालीबाट गरिन्छ भने रगत, दिशा, पिसाब जाँच तथा अन्य परीक्षणसम्बन्धी केन्द्रीकृत डाटावेस प्रणालीमा रेकर्ड गर्ने ब्यवस्था गरिएको छ । यस्तै, संसारकै स्तरीय भिट्रोस २५०, ईसिआई मेशीनद्वारा प्याथोलोजीमा जाँच गरिन्छ । सामान आपूर्ति तथा वित्तिय ब्यवस्था कम्प्युटर प्रणालीमा राखिएको छ । यहाँ अत्याधुनिक सिआर एक्स–रे सेवा पनि उपलब्ध छ ।
शिक्षण सेवा
सर्जरी, मेडिसिन, रेडियोलोजी, अर्थाेपेडिक्स, स्त्रीरोग जस्ता विभिन्न क्षेत्रमा पोष्टग्राजुएट कोर्ष गर्न अस्पतालले पाकिस्तान कलेज अफ फिजिसियन्स एण्ड सर्जन्स सँग सम्बन्धन प्राप्त गरेको छ । यस्तै, क्रोसीयाको आइएन डोनाल्ड युनिभर्सिटिअन्तर्गत अस्पतालमा पहिलो आइएन डोनाल्ड स्कूल स्थापना गरिएको छ । अस्पतालको भातृसंस्थाको रुपमा पूर्वान्चल विश्वविद्यालय र सिटिईभिटिको सम्बन्धनमा अनमीदेखि विएसस्सी नर्सिङसम्मका विभिन तहका कोर्ष सञ्चालनमा छन् । यस्तै, नेपाल मेडिकल कलेजसँग सम्बन्धनका लागि पनि अस्पतालले प्रक्रिया अघि बढाएको छ ।
सामाजिक सेवा
ॐ अस्पतालले समय–समयमा ग्रामीण क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर पनि सञ्चालन गर्दै आएको छ । त्यस्ता शिविरमा चिकित्सक, नर्सिङ स्टाफ तथा संबन्धित जनशक्तिबाट डाइग्नोष्टिक र उपचार सेवा प्रदान हुँदैं आएका छन् । सोहीक्रममा मुस्ताङको मुक्तिनाथमा हेल्थपोष्ट सञ्चालन गर्दै आएको छ । यस्ता शिविरमा १ दिनमा करिब १५ सयसम्म बिरामीलाई निःशुल्क औषधि वितरणसहित उपचार सेवा पु¥याइएका छन् । अस्पतालले मुगुमा पनि शिविर सञ्चालन गरेको थियो । (एडिभिटी)