काठमाडौं- आधुनिक जीवनको दौडधुपमा हाम्रो कति यस्ता काम आउँछन्, जुन बिलकुल नयाँ हुन्छन्। त्यसका बाबजुद हामी त्यसलाई सबैभन्दा राम्रो तरिकाले गर्ने कोशिस गरिरहेका हुन्छौं।
यसको कारण हाम्रो दिमाग हो। दिमागसँग नयाँ परिस्थिति अनुसार आफूलाई ढाल्ने र व्यवहार गर्ने क्षमता हुन्छ। दैनन्दिनका घटनाले दिमागमा पनि बदलाव आउन सक्छ र काम गर्ने तरिका बदलिन सक्छ। यसका प्रशस्त प्रमाण प्राप्त भएका छन्।
मेलिसा होगेनबुम विज्ञान क्षेत्रकी पत्रका हुन्। उनले एउटा प्रयोग गरेकी थिइन्, हाम्रो आसपासमा रहेका चिजहरुले दिमाग कति असर पर्छ र उसले काम गर्ने तरिका बदल्छ?
यसका लागि उनले सबैभन्दा पहिले आफ्नो मस्तिष्कको स्क्यान गराइन्। उनको फङ्सनल म्याग्नेटिक रिजोनेन्स इमेजिन (एफएमआरआई) टेस्ट गरिएको थियो।
उनी भन्छिन्, 'स्क्यानको समयमा तपाईं केही पनि नसोच्नुहोस्। यो सम्भव छ। मलाई (एफएमआरआई)का अघि लिइयो, जसले निकै जोडले आवाज दिइरहेको थियो। मलाई एउटा कालो क्रममाथि ध्यान केन्द्रित गर्न भनियो। मेरा लागि आँखा खोल्न पनि मुश्किल थियो। मलाई टेस्टबाट आउने नतिजाको चिन्ताले समेत सताइरहेको थियो।
मेलिना यो टेस्टको नतिजा र आगामी ६ हप्ताको प्रयोगपछि टेस्टसँग तुलना गर्न चाहन्थिन्। यसबाट उनी दिमागमा के बदलाव भयो भन्ने जान्न चाहन्थिन्।
उनले त्यसका लागि एक क्लिनिकल साइकोलोजिस्टको मद्दत लिइन्। उनी भन्छिन्, 'मलाई यस्तो थाहा पाएर निकै आश्चर्य भयो कि ध्यान जस्तो सामान्य लाग्ने कुराले दिमागमा बदलाव ल्याउन सक्छ। तर सवाल यो हो कि के यो मेरो दिमागमा काम गर्छ?'
त्यसपछिका ६ हप्तासम्म साइकोलोजिस्ट थर्सटन बार्नहफरले उनलाई जोडिएको एक रिसर्च कोर्स गर्न दिए। हरेक दिन ३० मिनेट उनी ध्यान गर्थिन्। त्यसपछि अन्य गतिविधिमा लाग्थिन्।
ध्यान साधनाको चलन हजारौं वर्ष पुरानो हो। केही दशक पहिले मनोवैज्ञानिक र दिमागका चिकित्सकले यसमाथि गहन सोध गर्न सुरु गरे। विभिन्न शोधमा ध्यानको उपयोगिता सावित भएपछि यसमा थप अनुसन्धान हुन थाले।
अमेरिकाका मनोवैज्ञानक डेभिड क्रेवलले धेरै रिसर्चहरु अध्ययन गरेपछि २० वर्ष पहिले दिमागको आनन्दको सम्बन्ध हाम्रो दैनिक जीवनशैलीसँग हुन्छ भनेर निष्कर्ष निकालेका थिए।
जर्मनीको टेक्निकल युनिभर्सिटी अफ म्युनिखका रिसर्चर ब्रेट्टा हलजल र अमेरिकाका म्यासाचुसेट्स जनरल हस्पिटलकी रिसर्चर सारा लेजरले मेडिटेसन दिमागको सम्झिने हिस्सालाई मजबुत बनाउनमा सहयोगी हुने निष्कर्ष निकालेकी थिइन्।
मेलिसाका मनोवैज्ञानिक बार्नहफर भन्छन्, 'ध्यानमा तपाईंलाई आफ्नो श्वासमा ध्यान दिनु हुन्छ। वास्तवमा यो प्रक्रिया दिमागले गरिरहेको हुन्छ। ध्यान गर्दा दिमाग यताउति भड्किन बन्द गर्छ। हामी श्वास लिन्छौं र छाड्छौं अर्थात् एकै समयमा दुई काम गरिरहेका हुन्छौं। ध्यान केन्द्रित गर्नका लागि श्वासको माध्यमबाट आफ्नो मांसपेसी बलियो बनिरहेको हुन्छ। ध्यानको समयमा आफ्नो शारीरिक र मानसिक क्षमता बढाइरहेका हुन्छौं।'
मेलिनाले ध्यान गरेर यसको प्रयोग गरेको ६ हप्तामा उनको दिमागको अमिग्डलाको आकार कम भएको पाइयो। जबकि, तनाले अमिग्डलाको आकार बढाउने गर्छ।
ध्यान महत्वपूर्ण तर सावधानी जरुरी
नयाँदिल्लीको अपोलो हस्पिटलकी साइकोलोजिस्ट मोनालिसा दत्ता स्वस्थ रहन जीवनशैली राम्रो बनाउनुका साथै ध्यान साधना पनि गर्न सल्लाह दिन्छिन्। 'आजको व्यस्त जीवनशैलीमा तनावबाट कोही मुक्त हुन सक्दैन तर ध्यानबाट आफूलाई सम्हाल्न सकिन्छ,' उनी भन्छिन्।
डिप्रेसनमा रहेकाहरुले भने कसैको देखभालमा ध्यान गर्नुपर्ने उनको चेतावनी छ। त्यस्तालाई भने एकान्त वा बन्द कोठामा ध्यान गर्दा झन् बेचैनी बढ्ने उनको भनाइ छ।