गर्भ संस्कार भन्नाले गर्भावस्थालाई वैज्ञानिक ढंगले योजना बनाई स्वस्थ शिशु प्राप्त गर्ने र आमाको स्वास्थ्य सुनिश्चित गर्ने विशेष प्रक्रिया हो । गर्भ संस्कारको मूल उदेश्य भनेको गर्भावस्थामा आमा स्वस्थ र खुशी रहोस् र अन्त्यमा स्वस्थ शिशुको जन्म होस् भन्ने हो । आचार्य चरकले यसलाई श्रेयसी प्रजा अर्थात् स्वस्थ र श्रेष्ठ सन्तान प्राप्तिको अवधारणा भनेर वर्णन गरेका छन् ।
आयुर्वेद अनुसार गर्भ संस्कार स्वस्थ सन्तान जन्माउनका लागि उत्कृष्ट उपाय मानिन्छ । यसले गर्भवति महिलाले गर्भावस्थाभरि शारीरिक तथा मानसिक रुपमा सुद्घढ रहनुपर्ने कुरामा जोड दिन्छ । गर्भ संस्कारले गर्भधारणको तयारीदेखि लिएर शिशु जन्मदासम्मको सम्पुर्ण मातृ हेरचाहको पूर्ण प्रोटोकल प्रदान गर्दछ । यसले माताको स्वास्थ्य सुनिश्चित मात्र गर्दैन, आमा र शिशुबीचको आत्मीय सम्बन्ध पनि गाढा बनाउँछ ।
आयुर्वेद र योग मिलेर केवल स्वस्थ शिशुकोजन्म मात्र नभई बलियो, संस्कारी र भावनात्मक रुपमा सन्तुलित सन्तान जन्म सुनिश्चित गर्ने पूर्ण प्रणालीको रुपमा प्रस्तुत गर्दछन् ।
आयुर्वेदिय दृष्टिकोण
शारीरिक तथा मानसिक तयारीः गर्भाधान भन्दा अघि दम्पतीको शरीर र मनलाई शुद्ध (शोधन) र सुद्घढ बनाउने (बीज शुद्धि)
प्रसुति पूर्व - हेरचाह (गर्भिणी परिचर्या) गर्भावस्थाको प्रत्येक महिनामा खानपान, जीवनशैली र पालन गर्ने दिनचर्या बारे निर्देशन
सहायक औषधोपचार आवश्यक परेमा गर्भलाई समर्थन गर्न वा जटिलता उपचार गर्न औषधीय तयारी
प्रसुति पश्चात् हेरचाह विशेष आहार, आराम र उपचार जसले आमाको शक्ति पुनः स्थापना गर्ने र वात दोष सन्तुलन गर्ने
नवजात शिशु हेरचाह : संस्कारहरु, स्तनपान र संक्रमणविरुद्ध सुरक्षा
बाल चिकित्सा, पोषण, रोगप्रतिरोध क्षमता बढाउने तयारी र बाल विकास रणनीतिहरु
आचार्य चरकले यसलाई श्रेयसी प्रजा अर्थात् स्वस्थ र सात्विक सन्तान प्राप्तिको उदेश्यका रुपमा वर्णन गरेका छन्
योगिक दृष्टिकोण
योगले मन शरीर अनुशासन मार्फत गर्भ संस्कारलाई परीपुरक बनाउँछ
गर्भाधान भन्दा अघि : नाडी शुद्घिको लागि प्राणायम
गर्भावस्थामा प्रत्येक महिनाअनुसार तयार गरिएका आसनहरु जसले रक्तसञ्चारमा मदत गर्ने र भु्रणको उचित विकास गर्ने
प्राणायाम अभ्यास जसले मन शान्त पार्ने, सास नियमन गर्ने र आमाको तनाव घटाउने
प्रसव तयारी : गहिरो सास फेर्ने र ध्यानात्मक अभ्यास जसले प्रसवलाई सहज बनाउने
यी अभ्यासहरुलाई शरीरलाई बलियो बनाउछँन्, चिन्ता घटाउछन् र सकारात्मक तरङ्गहरु उत्पन्न गर्छन्, जसलाई भ्रुणले प्रत्यक्ष अनुभव गर्दछ ।
गर्भ संस्कार सेवा त्रि.वि आयुर्वेद क्याम्पस किर्तिपुर, आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाण्डौ, पतञ्जली मेडिकल कालेज तथा रिसर्च सेन्टर धुलिखेलबाट लिन सकिन्छ ।
(स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा झा आयुर्वेद क्याम्पस किर्तिपुरमा कार्यरत छन्)