काठमाडौं - स्वास्थ्य मन्त्रालयले पहिलो पटक आफू मातहतको निकाय औषधि व्यवस्था विभागका महानिर्देशकसँग कार्यसम्पादक करार सम्झौता गरेको छ । प्राधानमन्त्री कार्यालयमा भएको सचिवहरुको बैठकको निर्णयलगत्तै मन्त्रालयले विभागका महानिर्देशक नारायण ढकालसंग कार्यसम्पादक करार सम्झौता गरेको हो ।
सेवालाई प्रभावकारी बनाउन र जनगुनासा समाधान गर्दै जान मन्त्रालयले यस्तो सम्झौता गरेको हो । मन्त्रालयका तर्फबाट सचिव डा. सेनेन्द्रराज उप्रेती र विभाग महानिर्देशक ढकालबिच भएको सम्झौता ११ पेजको छ । उक्त सम्झौतामा मासिक त्रैमासिक र बार्षिक रुपमा समिक्षा गर्ने जनाएको छ ।
स्वास्थ्य मन्त्री गगन थापाले पनि सरकारी सेवालाई प्रभावकारी बनाउन र स्वास्थ्य अन्तर्गतका निकायका कार्यसम्पादनलाई चुस्त बनाउन कार्यसम्पादन करार सम्झौता अनिवार्य गर्ने बताएका थिए । मन्त्री थापाले सेवालाई जनउत्तरदायी बनाउन मन्त्रालय मातहतका विभाग, आयोजना, महाशाखा र कार्यालय प्रमुखसँग अनिवार्य कार्यसम्पादन सम्झौता गर्दै जाने बताएका थिए । सोही अनुसार मन्त्रालयले क्रमश सम्झौताको तयारी गरिरहेको छ ।
यस्तो सम्झौतामा विभाग, आयोजना तथा महाशाखा प्रमुखले एक वर्षको अवधिमा वा कुनै निश्चित समयसीमाभित्र गर्ने कामको लक्ष्य तोक्ने, लक्ष्य हासिल गर्न आवश्यक बजेट, जनशक्ति र अन्य साधनस्रोत परिचालन तथा प्राप्त हुने नतिजा विवरण उल्लेख गरिएको हुन्छ ।
सम्झौता अनुसार लक्ष्य अनुसार काम गर्ने र सोभन्दा राम्रो गर्ने कर्मचारीलाई कार्यसम्पादन मूल्यांकनमा बढी नम्बर उपलब्ध गराउनुका साथै बढुवा र पुरस्कृत गरिने छ । सम्झौता अनुसार लक्ष्य पूरा नगर्ने कर्मचारी भने कारबाहीमा पर्ने छन् ।
मन्त्रालयले औषधि व्यवस्था विभागसँग गरेको ११ पाने सम्झौता यस्तो छ









