काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आन्दोलनरत सरकारी डाक्टरलाई तत्कालै काममा फर्कन अपिल गरेको छ।
मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै डाक्टरले आन्दोलन नरोके कारबाही प्रक्रिया अगाडि बढाउने चेतावनी दिएको छ। मन्त्रालयका सहसचिव जनार्दन गुरागाईंद्वारा जारी विज्ञप्तिमा मन्त्रालयको अपिललाई बेवास्ता गरी आन्दोलन जारी राखेमा आवश्यक सेवा संचालन ऐन २०१४ र अन्य प्रचलित कानून अनुसार कारबाही प्रक्रिया अगाडि बढाउने उल्लेख छ।
‘स्वास्थ्य सेवा पाउने नागरिकको अधिकारलाई नै कुण्ठित गर्ने गरी चिकित्सकहरुबाट भएको आन्दोलन आजकै मितिदेखि फिर्ता लिन सरकारी चिकित्सक संघलाई मन्त्रालय अपिल गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, 'आम नेपालीले तिरेको करबाट ठूलो धनराशी खर्च गरी उत्पादन गरिएका चिकित्सकहरुले नेपाली नागरिकले संविधानत: पाउनु पर्ने स्वास्थ्य सेवालाई सुचारु गर्नु परम कर्तव्य भएको स्मरण गराउँदछौं।'
सरकारी डाक्टरहरुले शुक्रबारदेखि आकस्मिक बाहेकका सेवा ठप्प पारेका छन्।
हेरौं मन्त्रालयले जारी गरेको विज्ञप्ति
