काठमाडौं– सरकारी चिकित्सक संघ (गोदान)को आन्दोलन चलिरहेको छ। शुक्रबारदेखि आकस्मिक बाहेक ओपिडी बन्द गरेर बसेका सरकारी चिकित्सकहरुलाई आज प्रहरीले धरपकड गरेको छ।
'प्रहरीले चिकित्सकलाई गालीगलोज गर्दै जबरजस्ती ओपिडीमा टिकट काट्न लगायो,' संघका अध्यक्ष दीपेन्द्र पाण्डे भन्छन्, 'चिकित्सक जस्तो मर्यादित पेसा भएको मान्छेलाई प्रहरीले त्यसरी मुख छाडेर गालीगलोज गर्न पाइन्छ? जबरजस्ती टिकट काट्न लगाइएको छ। प्रहरीले नै बिरामी जाँचोस्।'
करिब ८ बजेतिर वीर अस्पतालमा धर्ना बसिरहेका डेढ सय जना चिकित्सकहरुमाथि प्रहरीले धरपकड गर्दा एक जना चिकित्सक घाइते भएका छन्। घाइते डा सन्तोष राई ट्रमा सेन्टरको आकस्मिक कक्षमा उपचार गरेर फर्किएका छन्।