काठमाडौं- नेपाल चिकित्सक संघले सरकारी चिकित्सकको समायोजनका सम्बन्धमा छलफल गरी विशेष रणनीति तर्जुमा गर्न भन्दै बैठक बोलाएको छ ।
संघले आज प्रेस विज्ञप्ति जारी गर्दै उपत्यकाभित्रका सरकारी, गैरसरकारी अस्पताल, निजी स्वास्थ्य संस्था, मेडिकल कलेज, नागरिक समाजका प्रतिनिधि, चिकित्सा पेशासँग सम्बन्धितलाई छलफलका लागि बोलाएको हो ।
संघका महासचिव डा लोचन कार्कीद्वारा जारी विज्ञप्तिमा बिहीबार दिउँसो २ बजे चिकित्सक संघको कार्यालय प्रर्दशनी मार्गमा छलफल राखिएको उल्लेख छ ।
पे्रस विज्ञप्तिामार्फत संघले वीर अस्पतालमा कार्यरत सरकारी चिकित्सकको विरोध कार्यक्रममा प्रहरीद्वारा धरपकड र हातपात गरिएको भन्दै विरोध समेत गरेको छ ।
‘समायोजनबारे उठेका समस्याको समाधान वार्ता गर्नुपर्ने भन्दै संघले सरकारका जिम्मेवार व्यक्तिले सार्वजनिक रुपमा चिकित्सा पेशालाई नै मानमर्दन गर्ने गरी अस्वाभाविक अभिव्यक्तिले सरकारी सेवाप्रति वितृष्णा जगाएको छ,’ संघको विज्ञप्तिमा भनिएको छ ।