काठमाडौं- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्यका कर्मचारीलाई समायोजनामा चित्त नबुझे गुनासो दर्ता गर्न ५ दिनको समय दिएको छ।
स्वास्थ्य सेवाका कर्मचारीको समायोजनको सूची ढिलो प्रकाशित भएका कारण मन्त्रालयले ५ दिनको समय दिएको हो।
मन्त्रालयले समायोजनको सूची सार्वजनिक गर्ने क्रममा केही त्रुटि देखिएको भन्दै त्यसलाई पनि समाधान गर्ने बताएको छ।
कर्मचारी गुनासो व्यवस्थापन समितिले इमेल, भाइभर लगायत माध्यमबाट पनि गुनासो दर्ता गराउन सकिने जनाएको छ।