काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कर्मचारी समायोजनका क्रममा केही त्रुटि भएको स्विकार गरेको छ। मन्त्रालयले समायोजनका क्रममा भएका त्रुटि सच्याउन २०७६ वैशाख ५ गतेसम्मको समय दिएको छ।
मन्त्रालयले गुनासो सुन्नका लागि मन्त्रालयका तीन जना र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका तीन जना गरी ६ जनालाई सम्पर्क गर्न समेत सूचना निकालेको छ।
गुनासो सुन्न्का लागि स्वास्थ्यका उपसचिव लिलाराज पौडेल, जनस्वास्थ्य प्रशासक शम्भु काफ्ले र शाखा अधिकृत प्रेमलाल दुवालाई तोकिएको छ भने सामान्य प्रशासनमा सहसचिव रुपनारायण भट्टराई, उपसचिव इश्वरकुमार गिरी र उपसचिव बन्धुप्रसाद बास्तोला तोकिएका छन्।
