काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र माताहतका निकायको १ अर्ब ४९ करोड ४४ लाख १२ हजार रकम बेरुजु रहेको पाइएको छ। महालेखापरीक्षकको कार्यालयको ५६ औं वार्षिक प्रतिवेदनले मन्त्रालयमा उक्त रकम बेरुजु रहेको देखाएको हो। महालेखाले आज वार्षिक लेखा परीक्षण प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको हो।
प्रतिवेदन अनुसार स्वास्थ्यका १ सय १३ निकायमा १ अर्ब ४९ करोड ६८ लाख ८३ हजार बेरुजु देखिएकोमा प्रारम्भिक प्रतिवेदन उपलब्ध गराएपछि १४ निकायले २४ लाख ७१ फछ्र्यौट गरेकाले १ अर्ब ४९ करोड ४४ लाख १२ हजार बेरुजु बाँकी रहेको छ। उक्त रकममध्ये ९२ करोड ४५ लाख ३५ हजार पेस्की बाँकी ररहेको छ।
महालेखाको प्रतिवेदन अनुसार सबै सरकारी कार्यालयको कुल बेरुजु रकम भने १ खर्ब ६ अर्ब ३४ करोड रहेको छ।
स्वास्थ्इका संगठित संस्था अन्य संस्था र समिति गरी ७२ संस्था तर्फ १ अर्ब २१ करोड ७ लाख ८१ हजार बेरुजु देखिएकोमा प्रारम्भिक प्रतिवेदन उपलब्ध गराएपछि १८ निकायले १ करोड ७४ लाख ३५ हजार फछ्र्यौट गरेकोले १ अर्ब १९ करोड ३३ लाख ४६ हजार बाँकी रहेको छ । सोमध्ये ५३ करोड ६४ लाख ६० हजार पेस्की रहेको छ।
