काठमाडौं– कर्णाली प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव रामप्रसाद थपलियालाई स्वास्थ्य मन्त्रालयको सचिवमा पदस्थापन गरिएको छ।
मन्त्रिपरिषद् बैठकले बैसाख २ गते गरेका निर्णयहरु बिहीबार सार्वजिनक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले थपलियालाई स्वास्थ्य मन्त्रालयको सचिवमा पदस्थापन गरिएको जानकारी दिएका हुन्।
यस्तै स्वास्थ्य मन्त्रालयका सचिव चन्द्र घिमिरेलाई महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिवमा पदस्थापन गरिएको जानकारी पनि पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले जानकारी दिए।
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।