काठमाडाैं- वैदेशिक राेजगारीमा जानुअघि स्वास्थ्य गर्नुपर्ने स्वास्थ्य परीक्षणका लागि दर्खास्त दिएका स्वास्थ्य संस्थाहरुकाे अनुगमन हुने भएकाे छ।
श्रम, राेजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्वास्थ्य परीक्षणका लागि आवेदन दिएका देशभरका १ सय २६ वटा स्वास्थ्य संस्थाहरुकाे अनुगमनका लागि ४ वटा टोली खटाउने भएकाे हाे। जसमध्ये उपत्यका बाहिरका लागि ३ वटा टोली खटिने मन्त्रालयले जनाएकाे छ। साे टाेलीका लागि १० दिनकाे समयसीमा दिइएकाे छ। उपत्यकामा भने एक टाेली खटिने र त्यसका लागि १५ दिनकाे समय दिइएकाे मन्त्रालयले जनाएकाे छ।
हरेक टोलीमा स्वास्थ्य मन्त्रालयबाट ३ जना विशेषज्ञ चिकित्सक र श्रम मन्त्रालयबाट एक अधिकृत गरी ४ जना रहनेछन्।
अनुगमन बैसाख ८ गतेबाट सुरु हुनेछ। मन्त्रालयले वैदेशिक राेजगारीमा जाने कामदारकाे स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्था सूचीकरण, नवीकरण तथा अनुगमनसम्बन्धी कार्यविधि २०७२ काे दफा ३ बमाेजिम गत चैत १३ गते स्वास्थ्य संस्था सूचीकरणसम्बन्धी सूचना प्रकाशित गरेकाे थियाे।
सूचना बमाेजिम आवेदन दिएका सबै १ सय २६ स्वास्थ्य संस्थाहरुमा स्वास्थ्य परीक्षणका गर्न आवश्यक पर्ने पूर्वाधार तथा संयन्त्र रहे/रहेकाेबारे टाेलीले अध्ययन गर्नेछ।