काठमाडौं - नेपाल स्वास्थ्यकर्मी संघले सरकारले हाल सार्वजनिक गरेको समायोजन सूची स्थगन गर्न माग गरेको छ। संघले हालसम्म पनि स्वास्थ्यकर्मीहरुको अन्तिम जेष्ठता सूची र दरबन्दी संरचना सार्वजनिक नगरीएकोले चैत २६ गते सार्वजनिक गरिएको समायोजन सूची स्थगन गर्न माग गरेको हो।
संघ उक्त सूचीमा धेरै नै त्रुटि रहेको भन्दै अन्तिम जेष्ठता सूची र दरबन्दी संरचना प्रकाशन गरी स्थ्यकर्मीहरुसँग निवेदन माग गरी पून समायोजन सूची प्रकाशन गर्न पनि माग गरेको छ।
संघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा उक्त मागपत्र बुझाइसकेको छ।
'चैत २६ मा प्रकाशित समायोजन सूचीले स्वास्थ्यकर्मीहरुको आत्मामा ठेस मात्र नलागी अन्याय भएको महसुस गरिएको र कतिपय स्वास्थ्य संस्थाहरुमा स्वास्थ्यकर्मीहरुका अभाबका कारणा स्वास्थ्य सेवामा समेत प्रतिकूल असर पर्ने देखिएकोले उक्त मितिमा प्रकासित समायोजन हाललाइ स्थगित गर्ने' कुरा संघले बुझाएको ७ बुँदे मागपत्रमा उल्लेख छ।
संघले प्रशासन सेवाका कर्मचारीहरुलाई लक्षित गरी बनाइएको सफ्टवेयरका कारणले पनि समस्या थपिएको ठहर गर्दै स्वास्थ्य सेवालाई मिल्ने किसिमको सफ्टवेयर बनाउन पनि माग गरेको छ।
यस्तो छ संघको ७ बुँदे माग
१) मिति २०७५।१२।२६ मा प्रकाशित समायोजन सूचीले स्वास्थ्यकर्मीहरुको आत्मामा ठेस मात्र नलागी अन्याय भएको महसुस गरिएको र कतिपय स्वास्थ्य संस्थाहरुमा स्वास्थ्यकर्मीहरुका अभाबका कारणा स्वास्थ्य सेवामा समेत प्रतिकूल असर पर्ने देखिएकोले उक्त मितिमा प्रकासित समायोजन हाललाइ स्थगित गर्ने ।
२) अन्तिम जेष्ठता सूची र दरबन्दी संरचना प्रकाशन गरी स्वास्थ्यकर्मीहरुलाई निवेदन माग गरी पून समायोजन सूची प्रकाशन गर्ने ।
३) स्वास्थ्य सेवालाई मिल्ने किसिमको software बनाउने ।
४) यसै बर्ष स्थापना गर्ने लक्ष्य भएका १२०० वडामा स्वास्थ्य संस्थाहरु स्थापना गर्ने ।
५) सजाय दिने नियतले गरिएको अर्थ लाग्ने गरि गराएको समायोजनलाई व्यवस्थित गर्न हाल निजहरुलाई जिल्ला तथा प्रदेश अन्तर्गत राख्ने र सरुवाबाट व्यवस्थापन गर्ने संगीय निजामती सेवा ऐनमा स्थानिय, अन्तर स्थानिय, प्रदेश अन्तर प्रदेश र संघको बिचमा सरुवाको व्यवस्थापन गरी स्वास्थ्यकर्मीको व्यवस्थापन गर्ने ।
६) सेवा प्रबेश गर्दाका बखत भएको ऐन र नियमावलीको अनुकूल हुने गरी हालको समायोजन प्रकृया र कर्मचारी ब्यबस्थापन ऐन तथा नियमावलीको ब्यबस्थापन गर्ने ।
७) यस भन्दा अगाडी पनि स्वास्थ्य सेवाका कर्मचारीहरु स्थानिय तह र प्रदेशमा काम गरी रहेका तर कतिपय अबस्थामा काम गर्ने मर्यादित काम (Descent Work) को बाताबरण नभएको र भबिश्यमा पनि सो अबस्था आउने हुनाले यदी स्वास्थ्यकर्मीको प्रतिकूल अबस्था आएको बेलामा सरुवा वा बैकल्पीक ब्यबस्था हुने ऐन तथा नियमावलीमा ब्यबस्था गरी समायोजन गर्नु पर्ने ।