काठमाडौं- पूर्व सांसद् गायत्री साह पति राजेश महतोसहित पक्राउ परेकी छन्। ललितपुर प्रहरीले उनीहरुलाई आइतबार पक्राउ गरेको हो।
ललितपुरको मेडिसिटी अस्पतालमा बच्चालाई वेवारिसे अवस्थामा छोडेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको ललितपुर प्रहरीले बताएको छ।
साह दम्पतिले सो अस्पताल बच्चाको भर्ना गराएकी तर डाउन सिन्ड्रोमको लक्षण देखिएपछि अस्पतालले वेवास्ता गरेको भन्दै अस्पतालमा नै बच्चा छाडेका थिए।
चिकित्सकका अनुसार डाउन सिन्ड्रोम रोग होइन। यो एक जन्मजात अवस्था हो। बच्चा गर्भमा हुँदा नै यसको विकास भइसकेको हुन्छ। सामान्य शरीरमा ४६ वटा क्रोमोजोम २३ जोडीमा मिलेर कोषमा रहेका हुन्छन्। तर डाउन सिन्ड्रोम अवस्थामा ४७ वटा क्रोमोजोम रहेका हुन्छन्। यो एउटा बढी क्रोमोजोम २१औं जोडीका रुपमा देखिने भएकोले यसलाई ट्राइसोमी २१ पनि भनिन्छ। यो अवस्था छोरा र छोरी दुवैमा बराबर हुने सम्भावना रहन्छ।
यो पनि पढौं :