डाउन सिन्ड्रोम जन्मजात अवस्था हो। यो रोग होइन। यो प्रकृतिक अपरिवर्तनीय अवस्था हो। जुन जन्मजात बच्चासँगै आएको हुन्छ।
यो सिन्ड्रोमका मानिसलाई अरुमा भन्दा स्वास्थ्य समस्या केही बढी देखिन्छ। तर डाउन सिन्ड्रोम अवस्थाका केटाकेटीको जन्म हुनुमा कुनै अभिभावकको मात्र दोष हुँदैन।
डाउन सिन्ड्रोमको अवस्थामा मानव शरीरको प्रत्येक कोषमा अन्य साधारण अवस्थामा भन्दा एउटा बढी क्रोमोजोम हुने गर्दछ। क्रोमोजोमको संख्याले बौद्धिक अपांगताको अवस्था सिर्जना हुन्छ र यसैको कारणबाट बालबालिकाको शरीरिक तथा बौद्धिक अवस्थामा भिन्नता देखापर्छ।
डाउन सिन्ड्रोम अवस्थाका व्यक्तिहरुलाई यस्ता शारीरिक र बौद्धिक विकासमा सहयोग पुग्ने खालका कार्यक्रमहरु मार्फत उनीहरुको जीवनमा सकारात्मक परिवर्तन ल्याउन अभिभावकको महत्वपूर्ण भूमिका रहन्छ।
अभिभावकले के के कुरामा ध्यान दिने त ? हेरौँ डाउन सिन्ड्रोम समाज नेपालकी अध्यक्ष शीला थापाको भिडियो जानकारी :