काठमाडौं - मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउँदा ११ जनाको मृत्यु भएको छ। मापसे गरी सवारी चलाउँदा कार्तिक महिनामात्र मात्र देशैभर गरी ११ जनाको मृत्यु भएको हो।
देशभर भएको २५० वटा दुर्घटनामा ३७५ जना घाइते भएको नेपाल प्रहरीले जनाएको छ। सबैभन्दा धेरै दुर्घटना लुम्बिनी प्रदेशमा भएको छ। त्यहाँ मात्र १०३ सवारी दुर्घटना हुँदा ७ जनाको मृत्यु र १६३ जना घाइते भएका छन्। दोस्रो नम्बरमा काठमाडौं उपत्यकामा ५७ दुर्घटना हुँदा १ जनाको मृत्यु र ७४ जना घाइते भएका छन्।
यस्तै, कोशी प्रदेशमा ४१ मापसे सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु र ६१ घाइते भएको छ। मधेश प्रदेशमा २० दुर्घटना, १ जनाको मृत्यु र २८ घाइते भएको प्रहरको तथ्यांक छ। १२ मापसे दुर्घटना हुँदा बागमति प्रदेशमा १ को मृत्यु र २२ घाइते, गण्डकीमा ४ दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।
यस्तै, कर्णाली प्रदेशमा ६ सवारी दुर्घटना भएको छ भने १० जना घाइते भएका छन्। सुदूरपश्चिम प्रदेशमा ७ मापसे दुर्घटना हुँदा ११ घाइते भएका छन्।