काठमाडौं— औषधि व्यवस्था विभाग विराटनगरले औषधि व्यवसायीलाई अनिवार्य डे«सको व्यवस्था गरेको छ।
विभागले अनुगमनका क्रममा धेरै औषधि पसलमा कार्यरत व्यवसायी, फार्मासिस्ट र फामेर्सी सहायकले कुशल फार्मेसी अभ्यासको मर्यादा पालन नगरेको भन्दै भाद्र १ गतदेखि लागू हुने गरी यस्तो व्यवस्था गरेको हो।
विभागले औषधि पसलमा कार्यरत व्यवसायीले भाद्र १ गतेदेखि सेतो एप्रोन, व्याच वा परिचयपत्र लगाएर मात्र सेवा दिनुपर्ने सूचना जारी गरेको छ।
फार्मेसिस्टले हरियोमा सेतो अक्षरले लेखिएको व्याच वा परिचय पत्र र फार्मेसी सहायकले निलोमा सेतो अक्षरले लेखिएको व्याच वा परिचय पत्र लगाउन पनि विभागले प्रष्ट पारेको छ।
फार्मेसी पेसाको नैतिकतालाई सम्मान गर्दै सेवा दिन विभागले औषधि व्यवसायीलाई निर्देशन दिएको छ।
