काठमाडौं- अख्तियार दुरुपयोग अनुसनधान आयोगले टेकुस्थित राष्ट्रिय स्वास्थ्य शिक्षा, सुचना तथा सञ्चार केन्द्रका जनस्वास्थ्य अधिकृत राम अवतार गुप्तालाई घुस रकमसहित नियन्त्रणमा लिएको छ।
सातौं तहका गुप्ताले सेवाग्राहीसँग जनचेतनामुलक सामग्रीहरु रेडियोमा प्रचार प्रसार गर्न कोटेसन दिइ काम सम्पन्न भएपछि रकमको भुक्तानीका क्रममा कमिसन मागेपछि अख्तियारको टोलीले घुस रकमसहति नियन्त्रणम लिएको हो।
अख्तियारको टोलीले जनस्वास्थ्य अधिकृत गुप्तालाई एक लाख घुससहित काठमाडौंको बबरमहलस्थित वन विभागको परिसरबाट रङ्गेहात नियन्त्रणमा लिएको थियो।
पटक पटक सेवाग्राहीसँग घुस मागेको सुचनाको आधारमा अख्तियारको टोलीले उनलाई स्टिङ्ग अप्रेसन मार्फत नियन्त्रणमा लिएको हो। नियन्त्रणमा रहेका गुप्तामाथि थप अनुसन्धान हुने भईरहेको र उनी विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मु्द्दा दायर हुने अख्तियारले जनाएको छ।