काठमाडौं– सुमेरु अस्पतालमा मिर्गौलाको सफल प्रत्यारोपण भएको छ। मिर्गौला रोग विशेषज्ञ डा ऋषि काफ्लेको नेतृत्वमा अस्पतालले दुई जनामा सफल मिर्गौला प्रत्यारोपण गरेको छ।
अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको हो। शुक्रानी योञ्जन र विकास गुरुङको सफल मिर्गौला प्रत्यारेपण गरिएको हो। दुवै जनामा निःशुल्क मिर्गौला प्रत्यारोपण गरिएको डा काफ्लेले बताए।
'अस्पतालको पूर्वाधार टिम हेरेर सरकारले ५ महिना अगाडि प्रत्यारोपणका लागि हामीलाई स्वीकृति दिएको थियो। हामीले भविष्यमा सर्वसुलभ तरिकाले प्रत्यरोपणलाई निरन्तरता दिने सोचेका छौं,' उनले भने।
योसँगै नेपालमा मिर्गौला प्रत्यारोपण गर्ने अस्पतालको संख्या ८ पुगेको छ।