काठमाडौं– शिक्षण अस्पताल महाराजगञ्जमा कलेजो प्रत्यारोपण गराई उपचारत स्वास्थ्यकर्मी दीपेन्द्रसिंह रावल आज अस्पतालबाट डिस्चार्ज भएका छन्।
शिक्षण अस्पतालमा १५ दिनअघि सर्जन डा रमेशसिंह भण्डारीको नेतृत्वमा रावलको सफलतापूर्वक कलेजो प्रत्यारोपण गरिएको थियो।
४४ वर्षीय रावललाई २८ वर्षीय आफन्तले कलेजको दान गरेका थिए। उनको स्वास्थ्य राम्रो रहेको र उनी आज डिस्चार्ज भएको डा भण्डारीले जानकारी दिए।
कञ्चनपुर निवासी रावल दुई दशक दशकदेखि स्वास्थ्य सेवामा कार्यरत भेक्टर कन्ट्रोल अधिकृतका रुपमा कार्यरत छन्।
रावलको यो शल्यक्रियाका लागि भारतको फोर्टिज अस्पतालका डा विवेक भिजको नेतृत्वमा टोली नेपाल आएको थियो। उनीहरुको सहयोगमा कलेजो प्रत्यारोपण गरिएको थियो।
यसअघि शिक्षण अस्पतालमा गत जेठ १७ गते पहिलो पटक कलेजको प्रत्यारोपण भएको थियो। ५८ वर्षीय बुबालाई ३३ वर्षीय छोरीले कलेजो प्रदान गरेकी थिइन्।