काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि सिंगापुर आज जाने भएका छन्।
सिंगापुरस्थित ‘नेसनल युनिभर्सिटी हस्पिटल’ (एनयूएच) मा प्रधानमन्त्री ओलीको स्वास्थ्य परीक्षण हुने भएको छ।
प्रधानमन्त्री शनिबार राति ९ः४५ बजे सिल्क एयरबाट सिंगापुर जाने समयतालिका बनेको छ।प्रधानमन्त्रीको निजी चिकित्सक प्रा.डा.दिव्यासिंह शाह पनि उनीसँगै सिंगापुर जानेछिन्। स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री ओली केही दिन यताका कार्यक्रमहरूमा उपस्थिति न्युन गराएका थिए।
स्वास्थ्य परीक्षणका लागि जान लागेका उनी करिब एक साता सिंगापुर बस्ने भएका छन्।प्रधानमन्त्री ओलीको १२ वर्ष अघि दिल्लीस्थित अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो।
प्रधानमन्त्री ओलीले दिल्ली र थाइल्याण्डमा नियमित फ्लो अप गर्दै आएका छन्।