काठमाडौं— उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र डा युवराज लिम्बुलाई सहिद गंगालाल हृदय केन्द्रको निमित्त निर्देशकको जिम्मेवारी दिएका छन्।
मन्त्री यादवले मन्त्रीस्तरीय निर्णय गर्दै आज डा लिम्बूलाई सो जिम्मेवारी दिएका हुन्।
कार्यकारी निर्देशक रहेका डा ज्योतिन्द्र शर्माको चार वर्षे कार्यकाल आजदेखि सकिएको छ।
मन्त्री यादवले डा शर्मालाई दोस्रो कार्यकालका लागि पनि प्रस्ताव गरेका थिए। शर्माले जिम्मेवारी दोहोर्याउन इच्छा नभएको बताएपछि मन्त्री यादवले डा लिम्बुलाई अर्को व्यवस्था नहुँदासम्म निमित्त निर्देशकको जिम्मेवारी दिएको बताइएको छ।
स्वास्थ्य मन्त्री यादवका निजी सचिव भवनाथ खतिवडाले डा लिम्बुलाई निमित्त प्रशासनीक र अस्पतालजन्य अत्याश्यक कार्यका लागि आर्थिक अधिकारसहितको जिम्मेवारी दिएको बताए।
‘उहाँलाई आजैदेखि लागूहुने गरी जिम्मेवारी दिइएको हो,’ खतिवडाले भने।
डा लिम्बुले आजैबाट निमित्त निर्देशकको जिम्मेवारी पाएको बताए।