काठमाडौं- त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा सोमबार साँझ लागेको आगो नियन्त्रणमा आएको छ।
सेन्टरको पाँचौं तलामा लागेको आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।
आगलागीका कारण कुनै मानविय क्षती नभएको महानगरिय प्रहरी वृत महाराजगन्जक डिएसपी फणीन्द्र प्रसाइले बताए।
विद्युत सर्ट भएर आगलागी भएको बताइएको छ। अस्पतालको केही कागजपत्र र कम्प्युटर जलेको डिएसपी फणीन्द्र प्रसाइले बताए।
