काठमाडौं- गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले स्वास्थ्यका कर्मचारीको जिम्मेवारी समूह नमिलाई दिएको छ। मन्त्रालयले पद अनुसार योग्यता र अनुभव एउटा भएका कर्मचारीलाई अर्को पदमा जिम्मेवारी दिएको हो।
मन्त्रालयले प्रदेश स्वास्थ्य निर्देशनालयको निर्देशकमा स्वास्थ्य शिक्षा प्रशासक पदका विनोद बिन्दु शर्मालाई जिम्मेवारी दिएको छ। निर्देशनालयको निर्देशकमा जनस्वास्थ्य प्रशासनको कर्मचारी खटाउनु पर्ने हुन्छ।
यस्तै, मन्त्रालयले प्रमुख स्वास्थ्य शिक्षा प्रशासक खिमबहादुर खड्कालाई प्रदेश स्वास्थ्य केन्द्र र प्रदेश आपूर्ती व्यवस्थाको निर्देशकको जिम्मेवारी दिइएको छ।
मन्त्रालयको उक्त निर्णयप्रति नेपाल जनस्वास्थ्य संघले गम्भिर ध्यानाकर्षण गरेको छ। संघले तत्कालै उक्त निर्णय सच्याउन समेत माग गरेको छ।
‘प्रत्येक कार्यालयको आफप्नै विशिष्टीकृत जिम्मेवारी हुन्छ र त्यो जिम्मेवारी वहन गर्नका लागि निश्चित योग्यता हासिल गरेको व्यक्तिको नेतृत्व हुने गरि कर्मचारीको दरबन्दी सिर्जना गरिएको हुन्छ,’ संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘स्वास्थ्य शिक्षा र तालिम तर्फको योग्यता र अनुभव भएको कर्मचारीलाई प्रशासनको जिम्मेवारी सुम्पनु र जनस्वास्थ्य प्रशासनको योग्यता र अनुभव भएको व्यक्तिलाई स्वास्थ्य शिक्षा र तालिम एवं आपूर्ति व्यवस्थापनको जिम्मेवारी सुम्पनु जस्तो अविवेकशिल निर्णयले राणाकाल र पंचायती साशन व्यवस्थामा चाकडी, चाप्लुशी र नातावात–कृपावादको प्रतिबिम्ब देखाइरहेको छ। त्यसकारण यस्तो घृणित कार्य अबिलम्ब सच्याउन र सरोकारवालासँग छलफल गरि विधि सम्मत निर्णय गर्न संघ जोडदार माग गर्दछ।’
_1.jpg)
.jpg)
