काठमाडौं- सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव रामप्रसाद थपलियाको सरुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले थपलियालाई सरुवा गरेर युवा तथा खेलकुद मन्त्रालयमा लगेको छ।
यस्तै, थपलियाको ठाँउमा शिक्षा सचिव खगराज बराललाई ल्याएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी दिएको छ।
सचिव थपलियाले सरुवाका विषयमा आफूले हल्ला सुनेको तर औपचारिक जानकारी नभएको बताए।
मन्त्रालयमा पछिल्लो १० महिनाको अवधिमा प्रशासन तर्फका ३ जना सचिव फेरिएका छन्। बराल चौथो सचिवका रुपमा स्वास्थ्यमा प्रवेश गर्ने भएका छन्।
सचिव सरुवाको निर्णय भने अझै सार्वजनिक भएको छैन।
सोमबारको मन्त्रिपरिषदले १० जना भन्दा बढी सचिवको सरुवा गरेको छ। सचिव सरुवाको विषयमा केही मन्त्रीले आपत्ति जनाएपछि बुधबार पुन मन्त्रिपरिषद् बैठक बस्ने भएको छ।
स्वास्थ्य मन्त्रालयमा २ जना सचिव छन्।
मन्त्री यादवले डा पुष्पा चौधरीको अधिकार कटौती गर्दै सचिव थपलियालाई दिएका थिए।