काठमाडौं– चीन सरकारले योग, प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडिबुटीसम्बन्धी अध्ययनका लागि आफ्नो देशबाट विद्यार्थी नेपाल पठाउन चाहेको बताएको छ।
बुधबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलसँग भेटवार्ता गर्दै चाइना डायलेटिकल एसोसियसनका अध्यक्ष तथा बेइजिङ नर्मल युनिभर्सिटीका प्रोफेसर प्रो लिउ सिआओ थिङले योग, प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडिबुटी विषय अध्ययनको लागि वार्षिक १ हजार विद्यार्थी नेपाल पठाउने बताएका हुन्।
चाइना डायलेटिकल एसोसियसन चीन सरकारको उच्च तहको निकाय हो।
मन्त्रालयले यसै साता शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले योग, प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडिबुटीसम्बन्धी नयाँ पाठ्यक्रम पारेको छ।
भेटको क्रममा नेपाल योगल, प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडिबुटीसम्बन्धी अध्ययन गर्न उपयुक्त देश भएकोले आफूहरु सहयोग गर्न तयार रहेको थिङले बताएका थिए।
मन्त्री पोखरेलले यो विषयको पाठ्यक्रम प्राथमिकतामा रहेकाले तुरुन्तै आवश्यक छलफल गरी पाठ्यक्रम लागू गर्ने बताएका छन्।
योग तथा आयुर्वेद अहिलेको आवश्यकताको विषय भएको प्रष्ट पार्दै गुणस्तरीय शिक्षा दिने हाम्रो प्रतिवद्धता व्यक्त गरेको शिक्षा मन्त्रीका प्रेस संयोजक सुनिल खड्काले जानकारी दिए।