काठमाडौं— नेपाल मेडिकल काउन्सिलले अगामी शैक्षिक सत्रदेखि एमडी इन जनरल प्राक्ट्रिस (एमडिजिपी) का लागि अन्य विषयको फ्याकल्टीको गणना गरेर सिट निर्धारण नगर्ने निर्णय गरेको छ।
यसअघि एमडी जनरल प्राक्टिस विषयमा भर्ना हुँदा अन्य विभागका फ्याकल्टी देखाएर विद्यार्थी भर्ना गरिँदै आएको थियो।
काउन्सिलका रजिष्ट्रार डा दिलिप शर्माले अन्य विषयका फ्याकल्टीलाई देखाएर विद्यार्थी भर्ना गर्न पाउने प्रावधान काउन्सिलको गत साता बसेको बैठकले खारेज गरेको जानकारी दिए।
उनले भने,‘यसअघि सर्जरी, गाइनोलगायतका फ्याकल्टी देखाएर एमडीजिपी विषयमा विद्यार्थी भर्ना हुँदैका थिए। आगामी शैक्षिक सत्रबाट त्यसलाई खारेज गरी एमडिजिपीकै फ्याकल्टी अनिवार्य गरिएको छ।’