काठमाडौं– चिकित्सा शिक्षा आयोगका लागि सिफारिस तीन उपाध्यक्षको योग्यताका विषयमा संसदमा सवाल उठाइएको छ। सांसद उमेश श्रेष्ठले तीनै जनाको योग्यता नपुगेको कुरा सुनिरहेको बताउँदै सिफारिस गर्नेको नियतमाथि प्रश्न उठाएका हुन्।
डा गोविन्द केसीको आन्दोलनका बलमा बनेको चिकित्सा शिक्षा ऐनअनुसार आयोग गठन गर्न ढिलाइ भइरहेको प्रति उनले प्रश्न गरे।
उनले भने, ‘समयमै आयोग बन्न सकेन। तीन जनाको नाम सिफारिस गरियो। त्यो पनि अयोग्य रहेको सुनिदैछ। सिफारिस गर्दा मापदण्डको ख्यालै नगर्नुको नियत के हो?’
आयोग गठन नहुँदा चिकित्सा शिक्षाको नयाँ शैक्षिक सत्रमा समस्या पर्ने उनले औंल्याए। सरकारी मेडिकल कलेजमा ७५ प्रतिशत छात्रवृत्ति दिनुपर्ने विषय पनि प्रभावित हुने उनले बताए।
यो पनि पढौं