काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीका निजि चिकित्सक डा दिव्या सिंहले मिर्गौला सम्बन्धी एन्टीबडीको मात्रा केही बढी देखिएकाले थप उपचारका लागि सिंगापुर जान लागको जानकारी दिएकी छिन्।
प्रेस विज्ञप्ति जारी गर्दै डा सिंहले एन्टीबडीलाई शरीरबाट निस्कसन गरी निकाकरण गर्ने उपचार विधिलाई निरन्तरता दिन प्रधानमन्त्री सिंगापुर जान लागेको प्रष्ट पारेकी छिन्।
‘सिंगापुरमा रहँदा न्यासनल युनिभर्सिटी अस्पतालमा नेपाली चिकित्सकका साथमा त्यहाँका विज्ञ टोलीले उहाँको मिर्गौलाका थप परीक्षण गर्ने र क्षमता अभिवृद्धि गर्नेका आवश्यक उपचार समेत गर्नेछ,’ प्रधानमन्त्रीका निजी चिकित्सक डा दिव्या सिंहद्धारा जारी विज्ञप्तिमा भनिएको छ।
गत साउन १८ गते स्वास्थ्य परीक्षणका लागि सिंगापुर गएका प्रधानमन्त्री ओली २७ गते नेपाल फर्किका थिए। नेपाल आएको दुई दिन पछि उनको स्वास्थ्यमा पुनः समस्या देखिएको थियो।
आज १ः३० बजेको थाई एयरबाट उनी पुन उपचारका लागि पत्नी राधिका शाक्य, निजि चिकित्सक र सहयोगीका साथमा सिंगापुर उडेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि सिंगापुर प्रस्थान गरेका छन्। प्रधानमन्त्री ओली थाई एयरबाट दिउसो साढे १ बजे सिंगापुरतर्फ प्रस्थान गरेका हुन्।
