काठमाडौं– नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले भक्तपुर क्यान्सर अस्पताल विवादको विषय संसदमा उठाएका छन्। उनले अस्पतालमा भएका अनियमितता छानविन गर्ने र दण्ड सजाय गर्ने कानुनको व्यवस्था हुँदाहुँदै उक्त व्यवस्थालाई कुल्चिएर व्यवस्थापन समिति खारेज गर्दै अर्को समिति गठन गर्नु गैरकानुनी भएको बताए।
नगरपालिकाको पछिल्लो कदमले अस्पताललाई झन् अव्यवस्थित र अराकताको अवस्था सिर्जना गरेको भन्दै सांसद थापाले सरकारको ध्यानाकर्षण गराएका छन्।
संसदमा सांसद थापाले राखेको धारणा
भक्तपुर क्यान्सर अस्पताल सामुदायिक अस्पतालका रुपमा रहेको छ। यो अस्पतालमा केही अनिमियत भएको भए यसको छानविन, दन्ड सजाय गर्ने कानुनको स्पष्ट प्रबन्ध छ। तर यी सबैलाई कुल्चिएर भक्तपुर नगरपालिकाले अस्पतालको व्यवस्थापन समिति विघटन गरी नगर प्रमुख अध्यक्षतमा आफैँ व्यवस्थापन समिति गठन गर्ने कुरा गैरकानुनी छ। यसले अस्पतालमा थप अस्तव्यस्तता र अराजकतको सिर्जना गरेको छ। हामी यसको घोर निन्दा गर्दछौँ।
यो अस्पतालसँग सम्बन्धित विषय मात्र होइन। यो अस्पतालबाट सेवा लिने हजारौ बिरामीसँग सम्बन्धित विषय हो। त्यसैले यो विषयका सन्दर्भमा सरकारले अबिलम्व आवश्यक पहल गरी सम्बन्धित सबै पक्षलाई कानुन बमोजिम गर्न लगाई अस्पताललाई अस्तव्यतताबाट मुक्त बनाउनका निमित्त सरकारको गम्भीरतापूर्वक ध्यानाकर्षण गराउन चाहन्छु।
यो पनि