काठमाडौं– कर्णाली प्रदेश सरकारले जिल्ला स्थित स्वास्थ्य कार्यालय, अस्पताल र आयुर्वेद अस्पताल/औषधालय मर्ज गरी स्वास्थ्य व्यवस्थापन कार्यालय बनाउन लागेको भन्दै स्वास्थ्य क्षेत्रका संघ संगठन र ट्रेड युनियन गरी ९ संस्थाले आपत्ति जनाएका छन्।
आज प्रेस विज्ञप्ती जारी गर्दै स्वास्थ्य क्षेत्र गाँभिदा समग्र जनस्वास्थ्य क्षेत्र प्रभावित भई प्रतिकारात्मक, प्रवधनात्मक र उपचारात्मक सेवा प्रवाहमा प्रतिकुल असर पर्ने बताएका छन्।
विज्ञप्तीमा कर्णाली प्रदेश सरकारको यो निर्णयले कर्मचारी समयोजनमा प्रभावित पार्नुका साथै महामारी नियन्त्रण, खोप, परिवार नियोजन लगायत स्थानीय सरकारसँगको सहकार्य प्रभावित हुने उल्लेख गरेको छ।
यी संस्थाले यो निर्णय फिर्ता गर्न आग्रह समेत गरेका छन्।
