काठमाडौं – नेपाल नर्सिङ काउन्सिलले गत असारमा लिएको नर्सहरुको नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा ३१ वटा कलेजबाट सहभागी भएका सबै विद्यार्थी फेल भएका छन्।
काउन्सिलले नर्सिङ लाइसेन्स परीक्षा एक वर्षमा तीन पटक लिने गरेको छ। तीमध्ये चैतमा र कात्तिकमा हुने परीक्षामा धेरै विद्यार्थी सहभागि हुन्छन् भने असारमा सहभागि हुनेको संख्या भने कम हुन्छ।
असारमा भएको परीक्षामा नेपाल र भारतका गरी २ सय १४ वटा कलेजबाट एक हजार ५ सय १९ विद्यार्थी सहभागि थिए।
परीक्षामा सहभागि भएका विद्यार्थीमध्ये ६५ प्रतिशत फेल भएका छन्। जसमा ३१ वटा कलेजबाट सहभागि भएका सबै विद्यार्थी फेल भएका छन्। कुल सहभागिमध्ये ९ सय ७४ जना फेल भएका छन् भने १८ जना अनुपस्थित थिए। परीक्षामा पास हुनेको संख्या जम्मा ५ सय २६ मात्र छ।
काउन्सिलले लिने नर्सिङ परीक्षामा एक पटक मात्र होइन १४ पटकसम्म फेल भएका छन् । यो तथ्यांकले जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिएको नर्सिङ सेवाको गुणस्तरप्रति नै गम्भीर प्रश्न उब्जाएको छ।
पछिल्लो समय नर्सिङको नतिजा कमजोर आउन थालेपछि यसको गुणस्तरका विषयमा बहस सुरु हुन थालेको छ।
यी हुन् काउन्सिलको परीक्षामा शुन्य नतिजा आएका कलेज

