काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा विभागका महानिर्देशक डा सुशिलनाथ प्याकुरेलको पदावधी एक वर्ष थप्ने प्रस्ताव गरेको छ।
मन्त्रालयले उक्त प्रस्ताव मन्त्रिपरिष्दमा पठाइसकेको छ।
डा प्याकुरेल स्वास्थ्य मन्त्रालयका एक मात्र १२ औं तहका कर्मचारी हुन्। मन्त्रालयमा १२ औं तहका अन्य पद भने रिक्त छन्।
डा प्याकुरेलले आगामी भदौ २२ गतेबाट अनिवार्य अवकाश पाउँदै छन्। तर, स्वास्थ्य मन्त्रालयले विज्ञका रुपमा उनलाई थप एक वर्ष पदावधि थप्ने प्रस्ताव पठाएको हो। उनको समय थप हुँदा मन्त्रालयको १२ औं तहमा अन्य कर्मचारीको बढुवामा कुनै असर नगर्ने प्रस्ताव पनि मन्त्रालयले पठाएको छ।
मन्त्रालयले स्वास्थ्य सेवा ऐन २०५३ को दफा ४५ को उपदफा २ अनुसार उनको पदावधी थप गर्न प्रस्ताव मन्त्रिपरिषदमा गरेको हो।