काठमाडौं- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका राजिष्ट्रार रामप्रसाद प्याकुरेलमाथि अभद्र व्यवहार गरिएको छ।
प्रतिष्ठान कार्यालयमा रजिष्ट्रार प्याकुरेललाई एक जना व्यक्तिले अभद्र व्यवहार गरेका हुन्। कार्यालयमा रजिष्ट्रार प्याकुरेललाई निलो टिसर्ट लगाएका एक व्यक्तिले धकेलेर लडाइदिएका छिन्।
रजिष्ट्रार प्याकुरेलको हातमा चोट लागेको छ।
रजिष्ट्रारमाथि भएको अभद्र व्यवहारको विरोध भएको छ।
रजिष्ट्रार प्याकुरेललाई प्रतिष्ठान बचाउ अभियानका नाममा होहल्ला र आन्दोलन चर्काउने समूहले अभद्र व्यवहार गरिएको बताइएको छ। अभद्र व्यवहार गर्ने व्यक्तिको तस्बिर र भिडियो प्रतिष्ठान कार्यालयको सिसि क्यामेरामा प्रष्ट देखिने बताइएको छ।
प्रतिष्ठानमा उक्त समूहले तालाबन्दी गरेका छन्।