काठमाडौं— स्वास्थ तथा जनसंख्या राज्यमन्त्री डा सुरेन्द्रकुमार यादवले डेंगुको उपचारको लागि निःशुल्क गर्न आवश्यक प्रबन्ध मिलाउन निर्देशन दिएका छन्।
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निरीक्षण गर्दै राज्यमन्त्री यादवले यस्तो निर्देशन दिएका हुन्।
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा सुशिलनाथ प्याकुरेल, अस्पतालका निर्देशक डा वासुदेव पाण्डे, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, व्यवस्थापन माहशाखा प्रमुख भोगेन्द्र डोटेल लगायतलाई उनले डेंगुको प्रभवकारी उपचार व्यवस्था मिलाउन निर्देशन दिएका हुन्।
उनले भने, ‘मन्त्रालय गम्भिरताकासाथ डेंगु उपचारमा लागि परेको छ। डेंगुको बिरामी शुक्रराज ट्रपिकल आएपछि अन्यन्त्र जानू नपर्ने गरि आवश्यक सबै प्रबन्ध मिलाउनुस् ताकी बिरामी अन्यत्र जान नपरोस्।’