काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चिकित्सा शिक्षाका विभिन्न विषयको प्रवेश परीक्षालाई निर्वाध रुपमा सञ्चालन गर्नुपर्ने धारणा सार्वजनिक गरेको छ।
चिकित्सा शिक्षा संघर्ष समितिले त्रिभुवन विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालयका चिकित्साशास्त्र तर्फका डीन तथा परीक्षा शाखा कार्यालयमा तालावन्दी गरेपछि मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै ऐनको कार्यान्वयनको अवस्थाका बारेमा जानकारी सार्वजनिक गरेको हो।
मन्त्रालयले संघर्ष समितिको नामबाट भइरहेको आन्दोलनप्रति ध्यानाकर्षण भएको भन्दै वार्तावाट समस्या समाधान गर्न भनेको छ।
मन्त्रालयले हाल प्रक्रियामा अगाडि बढेको प्रवेश परीक्षालाई निर्वाध रुपमा सञ्चालन गर्न दिन पनि आग्रह गरेको छ।
हेरौँ विज्ञप्तिको पूर्ण पाठ

