काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरमा उपचार गरेर स्वेदश फर्किएका छन्। शुक्रबार १२ बजे थाई एअरवेजको जहाजबाट उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।
उनलाई स्वागत गर्न विमानस्थलमा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री ईश्वर पोखरेल लगायत पुगेका थिए।
मिर्गाैलासम्बन्धी एन्टिबडी बढेपछि उपचारका लागि प्रधानमन्त्री ओली गत भदौ ५ गते सिंगापुर गएका थिए। सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा प्लाज्मा फेरिसिस प्रक्रियामार्फत उनको उपचार गरिएको थियो।
विमानस्थलमा पुगेका पत्रकारसँग भने प्रधानमन्त्री ओलीले कुनै प्रतिक्रिया जनाएनन्।