काठमाडौं- चिन सरकारले मनाङ जिल्लामा अस्पताल निर्माणका लागि ३५ करोड रकम सहयोग गर्ने भएको छ। नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीको उपस्थितिमा सोमबार काठमाडौंमा सहयोगका विषयमा हस्ताक्षर भएको हो।
नेपाल र चीनबीच तीन वटा सहमतिरसमझदारी पत्रमा हस्ताक्षेर भएको छ।
दुवै देशका परराष्ट्रमन्त्रीको उपस्थितिमा भएका सम्झौतामा मनाङमा अस्पताल बनाउनका लागि चीनले ३५ करोड रुपैयाँ सहयोग गर्ने, विपत् पीडितका लागि ५ हजार थान पाल सहयोग स्वरुप दिने र चिनियाँ भाषा पढाउन नेपालमा स्वयंसेवक शिक्षक उपलब्ध गराउने छन्।
पहिलो र दोस्रो सम्झौतामा अर्थसचिव राजन खनाल र चाइना डेभलपमेन्ट को(अपरेसनका उपाध्यक्ष देङ बोकिङले हस्ताक्षर गरेका छन्।
त्यस्तै चिनियाँ स्वयंसेवक शिक्षक उपलब्ध गराउने समझदारीमा शिक्षा तथा विज्ञान र प्रविधि मन्त्रयालका सचिव महेशप्रसाद दाहाल र नेपालका लागि चिनियाँ राजदूत हाउ याङ्छीले हस्ताक्षेर गरे।
चिनियाँ विदेशमन्त्री वाङ ३ दिने भ्रमणका लागि आइतबार नेपाल आएका थिए।