काठमाडौं– स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री सुरेन्द्रकुमार यादवले एसिड आक्रमणमा परी घाइते भई उपचाररत मुस्कान खातुनलाई भेटी स्वास्थ्यस्थितबारे जानकारी लिएका छन्।
उनले मुस्कान र उनका परिवारलाई भेटी उपचारमा कुनै कमी हुन नदिने प्रतिवद्धता व्यक्त गरेका छन्।
कीर्तिपुर अस्पतालमा उपचाररत खातुन वीरगञ्जमा शुक्रबार एसिड आक्रमणमा परेकी थिइन। उनी हनुमान माध्यमिक विद्यालयमा अध्ययनरत छिन्।
राज्यमन्त्री यादवले खातुनका परिवारलाई भेटी स्वास्थ्य स्थितिबारे जानकारी लिएका छन्।
खातुनको उपचारका लागि प्रदेश २ का मुख्यमन्त्री लालबाबु रावतले रु. ५ लाख दिने घोषणा गरेका छन्। यस्तै समाजवादी पार्टीका संघीय सांसद प्रदीप यादवले रु. ५० हजार दिएका छन्।