काठमाडौं- चिकित्सा शिक्षा संघर्ष समितिले राष्ट्रिय चिकित्सक शिक्षा ऐनको प्रावधान कार्यान्वयन गर्नुपर्नेलगायतका माग राखेर राजधानीमा आज प्रदर्शन गरेको छ। समितिले ऐनमा भएको व्यवस्था अनुसार सार्वजनिक शिक्षण संस्थामा चिकित्सा शिक्षाका विषयमा ७५ प्रतिशत छात्रवृत्तिको व्यवस्था यसै वर्षदेखि लागू हुनुपर्ने, साझा एकीकृत प्रवेश परीक्षा लागू गर्नुपर्ने, मेडिकल कलेजले सरकारले तोकेभन्दा बढी अतिरिक्त शुल्क लिन नपाईने लगायतका माग राखेर प्रदर्शन गरेको हो।
माइतीघरबाट सुरु भएको प्रदर्शन नयाँ बानेश्वरसम्म पुगेको थियो। चिकित्सा शिक्षाको सुधारका लागि भन्दै गठन भएको समितिले भदौ १० गते देखि विभिन्न आन्दोलनका कार्यक्रम गर्दै आइरहेको छ।
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।