काठमाडौं - त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)ले एमबिबिएस, बिडिएस, नर्सिङ लगायत स्नातक तहका विभिन्न विषयमा लिन लागेको प्रवेश परीक्षा कहिले हुन्छ भन्ने. विषयमा थप अन्यौल सिर्जना भएको छ।
प्रवेश परीक्षा रोक्न माग गर्दै सर्वोच्च अदालतमा दायर भएको मुद्दा आज सुनुवाई हुनुपर्नेमा स्थगित भएको छ। बुधबार बिहानै उक्त मुद्दा स्थगित सूचीमा प्रकाशन भएको थियो। अदालतले निकाल्ने सूचीमा मुद्दा स्थगितमा परेपछि परीक्षा सुरु हुने विषय अन्यौलमा परेको हो।
प्रवेश परीक्षाका विषयमा सर्वोच्चले आज छलफलका विषयमा दुबै पक्षलाई बोलाएको थियो। तर, दुबै पक्षको छलफल हुन नसकेपछि अर्को सुनुवाईसम्मका लागि असअघिको अन्तरिम आदेश नै निरन्तर हुने छ। दोस्रो सुनुवाईमा अन्तरिम खारेज नभएसम्म परीक्षाको विषयमा आइओएमले परीक्षा सञ्चालन गर्न पाउने छैन।
सर्वोच्चले २० गते शुक्रबार आइओएम र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रवेश परीक्षा रोक्न अन्तरिम आदेश दिएको थियो। सर्वोच्चको उक्त आदेशसँगै आइओएमको २१, २२, २३ र २४ गतेलाई तय भएको परीक्षा रोकिएको हो। सर्वोच्चले परीक्षा रोक्न आदेश दिएसँगै आजलाई छालफलका लागि बोलाएको थियो।
तर, आज उक्त मुद्दा नै स्थगित सूचीमा परेपछि परीक्षाका विषयमा थप अन्यौल सिर्जना भएको हो। अब अर्को सुनुवाई कहिले हुन्छ र त्यसबाट के आदेश आउँछ त्यही अनुसार मात्र आइओएमको परीक्षाका विषयमा निर्णय हुनेछ।
आयुष ओझाले चिकित्सा शिक्षा ऐन विपरित परीक्षा लिन लागेको भन्दै आदलतमा रिट दायर गरेका थिए। उक्त रिटको सुनुवाई गर्दै न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले परीक्षा रोक्न आदेश दिएको हो। उक्त आदेशपछि आइओएमले सबै विषयको परीक्षा रोक्ने निर्णय गरेको थियो।
यस्तो छ आदेश


यस्तो छ आइओएमको निर्णय
